fbpx

मधुमेहदेखि क्यान्सर हटाउनका लागि पनिर अचूक औषधि

पनिर दूधबाट बनाइएको एक उत्पादन हो । पनिर स्वादिष्ट परिकारको रुपमा परिचित छ । यसलाई मासुको विकल्पमा पनि लिने गरेको पाइन्छ । मासुमा जत्ति नै यसमा प्रोटिनको मात्रा पाइने हुदा भोजन पचाउनमा कठिनाई हुनेहरुका लागि पनिर उपयुक्त उत्पादन मानिन्छ ।

त्यसैले ठुलो भोज भतेर होस् वा घरमा सामान्य कार्यक्रमहरु हुदा पनि हामीहरु पनिरको परिकार बनाउने गर्छौं । स्वादमा मिठो मात्र नभएर यो हाम्रो स्वास्थ्यका लागि समेत फाइदाजनक हुने गर्छ । पनिरमा प्रोटिन, क्याल्सियम, भिटामिन ’डी’, ’ए’, जिंक र म्याग्नेसियम प्रसस्त मात्रामा पाइने हुन्छ ।

पनिरमा अध्याधिक डायट्री फाइबर पाइने हुदा यसको सेवनले हाम्रो पाचन प्रक्रियालाई स्वस्थ राखेर अरुचि, ग्यास्ट्रिक कब्जियत तथा पेटसम्बन्धी रोगलाई हटाएर हाम्रो तौललाई नियन्त्रण गर्न समेत मद्दत गर्छ ।

यसको सेवनले गर्दा हाम्रो रोग प्रतिरोघत्मक क्षमता बढ्नुका साथै यसले हामीलाई विभिन्न रोगहरुबाट बचाउने गरेको पाइन्छ । दुधबाट बनेका कारणले दुधमा पाइने सबै पोषक तत्वहरु पनिरमा हुने गर्छ । पनिर खादा शरिरमा तुरुन्त इनर्जी आउनुका साथै यसले दिनभर काम गर्नका लागि उर्जा दिने ।

हेवी व्यायाम गर्नेहरुका लागि पनिर खानु अतिआवश्यक देखिन्छ । यसमा रहेको क्यालसियम र फासफोरसले हाम्रो हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । दैनिक पनिर खानाले गर्ने हो भने यसले हाम्रो हड्डी तथा दाँतमा रहेको समस्यालाई कम पार्दै हटाउने गर्छ ।

पनिरले डाइबेटिजका विरामीलाई समेत राम्रो गर्ने देखिएको छ । रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्ने हुनाले विशेषज्ञका अनुसार मधुमेहका रोगीहरुले नियमित रुपमा पनिर खानु स्वास्थयका लागि फाइदाजनक देखिन्छ ।

पनिर खानाले क्यान्सरको खतरालाई समेत कम गर्ने गर्छ । पेट, क्लोन र ब्रेस्ट क्यान्सरको उपचारमा पनि पनिरले महत्वपूर्ण भूमिका खेल्ने गरेको हुन्छ । गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुने भएकोले गर्भवती महिला र पेटमा रहेको शिशुका लागि यो निकै उपयोगी हुने गर्छ ।

प्रतिक्रिया

Loading...