fbpx

जंगली च्याउ खाएपछि १२ जना नोबेल अस्पताल भर्ना

उदयपुर,
उदयपुरका–२ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका–९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् ।

शनिबार दिउँसो १ बजेको समयमा जंगली बिषादी च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमाँया दनुवार, छोरा २० वर्षीय अनिश दनुवार, ११ वर्षीय मनिष दनुवार र १७ वर्षीया रवीना दनुवार बिरामी परेका थिए ।

यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंककुमारीसहित उनका छोराहरु १४ वर्षीय अनिश दनुवार र ११ वर्षीय महेन्द्र दनुवार तथा ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समीता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिरामी १२ जनाको विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Loading...