fbpx

बोलिभियाको कृषि क्रान्तिबाट नेपालले के सिक्ने ?

एजेन्सी,
एकै समयमा जलावायुलाई निषेध गर्दै स्थानीय उत्पादनलाई बढावा दिँदै नागरिकको लागि खाद्यान्न सुरक्षा प्रादान गर्नु चुनौतीपूर्ण अभ्यास वा कार्य हो । सन् २०१५ मा युएनले दीगो विकासको लागि २०३० कार्यसूची प्रस्तुत गरेको थियो ।

यस प्रकारका लक्ष्य हासिल गर्न करिब १५ वर्ष लाग्ने विश्वास गरिएको छ । तर, यो विश्वासलाई बोलिभिया जस्ता रास्ट्रहरुले गलत सावित गरी दिएका छन् । भर्खर मात्र बोलिभिया सरकारले खाद्य उत्पादनको लागि त्यहाँको किसानहरुमाथि ४० मिलियन डलर लगानी गरेको छ । ग्रामीण विकास तथा कृषि साहायकमन्त्री मरिसोल सोलानोले जनाएअनुसार अहिले २० भन्दा माथि खाद्यान्न सुरक्षासम्बन्धी आयोजनाहरु कार्यान्वयन देशभरि भइरहेको छ ।

कृषकहरुलाई पशुपालन, माछा पालन , आलु, टमाटर, गहुँ, सब्जी, कफी तथा अन्य खाद्यान्न उत्पादनको लागि आर्थिक सहयोग त्यहाँको सरकारले गरेको छ । स्थानीय क्षमतालाई सहयोग तथा वृद्धि गरेर २०२० सम्म बोलिभिया पूर्णरुपमा आत्मनिर्भर राष्ट्र बन्ने लक्ष्यमा छ । सन् २०१४ यता खाद्यान्न उत्पादनमा २५ प्रतिशतले वृद्धि गरेसँगे आउनेवर्ष सो लक्ष्य हाँसिल गर्न बोलिभिया नजिक पुगेको छ ।

आयात घटनाले त्यहाँको स्थानीय किसान तथा व्यापारीहरुको दैनिकीमा सुधार मात्र नभएर यसबाट बेरोजगार, गरिबी तथा अनिकालजस्ता समस्याको समाधानमा पनि सहयोग पुर्याउँछ । बोलिभियाबाट नेपालले पनि केही सिक्न सक्छौँ । यहाँ खेतियोग्य जमिनहरु प्रशस्त छन् । कृषिप्रधान देश हो नेपाल । नाममा मात्र नभएर गरेर देखाउने अवस्था र क्षमता हामीकहाँ छ ।

सरकारले कृषिमा लगानी गरोस् । कृषिको माध्यामबाट रोजगार सिर्जना गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा सहयोग मात्र नभइ समग्र युवाहरु विदेश पलायन हुनबाट रोक्न सकिन्छ । हामीले आफ्नै जमिनमा असल खाद्यान्न उत्पादन गर्न सक्यौँ भने भारतको बिषादियुक्त खाद्यान्नको विरोध गरी रहन पर्ने छैन । कृषि क्रान्तिमा सरकारको चासो बढोस् ।

प्रतिक्रिया

seventeen − three =

Loading...