fbpx

‘पहार’ मा प्रियंका र सृष्टिको यस्तो प्रेम (भिडियोसहित)

विराटनगर,
वेव सिरिज ’जस्ट अनोदर लभ स्टोरी’मा समावश गरिएको ’पहार’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्कीले उक्त गीतलाई शनिवारका दिन आफ्नो आधिकारिक युत्युब च्यानेल मार्फत सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरिएको गीतको टिजरमा अमेरिकामा बस्दै आएका युवा पुस्ताको मनमा बस्न सफल गायक साजन राज वैद्यले शब्द, स्वर तथा सङ्गीत दिएका छन् ।

साजनले पनि यस गीतमा आफ्नो स्वर दिन पाएकोमा आफ्नो इन्सटाग्राम मार्फत खुशी ब्यक्त गरेका छन् । उक्त गीतमा सिरिजका मुख्य दुई कलाकार प्रियंका र सृष्टि श्रेष्ठ बीचको प्रेमलाई देखाइएको छ । सार्वजनिक भएको यस गीतलाई दर्शकहरुले निकै मन पराएका छन् । अहिले सम्म उक्त गीतलाई ३१ हजार बढीले हेरिसकेका छन् । अहिले प्रियंका फिल्महरुमा भन्दा पनि आफ्नै होम प्रोडस्क्सनको निर्माण एवमं निर्देशनमा बन्दै गरेको वेब सिरिज ’जस्ट अनोदर लभ स्टोरी’को निर्माणमा व्यस्त रहेकी छिन् ।

यसबाट उनले निर्देशन क्षेत्रमा डेब्यु गरेकी हुन् । यस वेब सिरिजमा प्रियंकाका प्रेमी अभिनेता आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् । दुई महिलाको प्रेममा आधारित रहेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’मा लेस्वियन अर्थात ती दुई महिलाको भूमिकालाई प्रियंका कार्की र पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले निर्वाह गरेका छन् । ८ एपिसोड रहने यस सिरिजलाई गाईजात्राको अवसर पारेर यहि साउन ३१ गतेबाट प्रियंकाले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गर्ने भएकी छिन् ।

दुई युवतीहरु एक अपसमा प्रेममा छन् भने यस विषयलाई कुनै ठुलो कुरा नबनाएर उनीहरु बीचको एकअर्काको प्रेम बुझ्ने वातावरण बनाउनु पर्ने भएकोले उक्त सिरिजको निर्माण जरुरि रहेको प्रियंकाले बताएकी छिन् । शान थापाको कथा रहेको यस वेब सिरिजमा प्रियंकाले आफै पटकथा र संवाद लेखेकी छिन् ।

प्रतिक्रिया

Loading...