fbpx

सुत्केरी महिलाकालागि गाउँपालिकाको कोशेली कुखुराको भाले र घ्यू

पर्वत । पर्वतको एक गाउँपालिकाले सुत्केरी महिललाई कोशेली पठाउने योजना कार्यन्यनमा ल्याएको छ । आर्थिक वर्ष शुरु भए लगतै पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ सञ्चालनमा ल्याएको हो ।

आर्थिक वर्षको शुरुवातबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारलाई आर्थिक वर्ष २०७६–७७ को बजेटमा समेटिएको योजना अनुसार कोशेली लिएर पुगेका हुन् ।

अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए।

स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरिएको हो।

महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गराएको छ । ‘हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन भन्ने उदेश्यले जिरो होम डेलिभरीको योजना अनुसार काम सुरु गरिएको अध्यक्ष पौडेलले बताए । उनले घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएको जानकारी दिए । रासस

प्रतिक्रिया

Loading...