fbpx

देशभर भारी वर्षाको सम्भावना

विराटनगर । एकसाता अघिको वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भयो । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण हजारौ मानिस बिस्थापित भए ।

असार अन्तिम साता रोकिएको मनसुन फेरी सक्रिय बनेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आइतबार र सोमबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बुलेटिन जारी गर्दै मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Loading...