fbpx

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अपनाउनु पर्छ स्वस्थ जीवनशैली

मानिसको व्यस्त जीवन, अस्वस्थ खानपान, प्रदूषण तथा खराव जीवनशैलीका करणले गर्दा रोगहरुको सिकार भइएका छौं । हामीले दिनदिनै गर्दै आएको लापरवाहीका करण यस्तो समस्या उत्पन्न हुन्छ । यस्ता समस्यालाई बेवास्ता गर्दा भविष्यमा शरीरलाई नकारात्मक असर पर्न सक्छ ।

शाररिक रोग जस्तै मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा तनाव जस्ता मानसिक रोगहरू हाम्रो खराव जीवनशैलीले हामीलाई दिएको उपहारहरु हुन् । स्वस्थ जीवनशैलीबाट हाम्रो शरीरमा भएको ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् ।

स्वास्थ्य संस्था गएर र मुठीभरि औषधि खाएर रोगहरूबाट मुक्त हुन हाम्रो शारीरिक तथा मानसिक रोगहरुबाट मुक्त हुन जीवनशैली परिवर्तन गर्न आवश्यक छ । स्वस्थ जीवनशैलीका लागि हामीले पैसा खर्च गर्न पर्दैन् । यसका लागि हामीले हरेक दिन मेहेनत गर्नु पर्छ र आफुलाई प्रेरणा दिने जरुरी छ ।

स्वास्थ्य रहनकालागि हामीले हाम्रो खानामा, पिउने पानीमा, दैनिक ब्यायाम तथा नियमित गरिरहने कार्यहरुमा ध्यान दिनु पर्ने देखिन्छ । यति मात्र होइन् सकारात्मक विचार ल्याएर तनाव मुक्त हुनुका साथै पर्याप्त निन्द्रा पूर्याउन जरुरी छ ।

राति समयमा नसुत्ने, कम्युटर, ल्यापट तथा मोबाइलमा व्यस्त हुने करणले हाम्रो निन्द्रा पुग्ने गर्दैन् जसले गर्दा हामी ढिलो उठ्नुका साथै हाम्रो दिन पनि अल्छि र थकानले भरिएको हुने गर्छ । हामीले शारीरिक तथा मानसिक रुपले स्वस्थ रहनका लागि हरेक दिन ७ देखि ८ घण्टासम्म निन्द्रा पुग्ने गरि सुत्न जरुरी हुन्छ । पर्याप्त निन्द्रा पुग्दा हाम्रो शरीरक तथा मानसिक रोगहरु केहि हद सम्म आफै कम भएर जान्छ ।

निन्द्रा समयमा पुगे हामी छिट्टै उठ्न सक्छौं । उठ्न साथ हामीले तातो पानीको सेवन गर्नु पर्छ । नियमित रुपमा तातो पानीको सेवनले हाम्रो कब्जियत, ग्यास्ट्रिक तथा पेट सम्बन्धि सम्पूर्ण रोगहरु हराएर जान्छ । त्यसपछि हल्का ब्यायाम गरेर नुहाउने । यस्तो गर्दा शरीरमा दिनभरी ताजापन रहन्छ भने दिनभरको कामको लागि उर्जा समेत प्राप्त हुन्छ । हामीले ब्यायाममा दिनहु हिड्ने, कुद्ने, नाच्ने तथा प्राणायाम योग गर्न सक्छौं ।

हामीले दैनिक गर्ने कामको समय तालिका बनाउने गर्नु पर्छ र त्यसलाई प्रयोग पनि गर्नु पर्छ । हामीले हाम्रो निर्धारित समयमा सुत्ने, उठ्ने, खाने तथा सबै काम मन लगाएर गर्नु पर्छ ।

हामीले हाम्रो खानेकुरामा प्रशस्त मात्रामा प्रोटीनयुक्त खानेकुराहरु समावेश गर्न आवश्यक हुन्छ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ । प्रशस्त मात्रामा आइरनयुक्त खाना तथा मौसम अनुसारका फलफूलको सेवन गर्नाले शरीरमा थकाइ कम हुन्छ ।

खाना खाने बितिकै अल्छि लाग्छ भन्दैमा सुत्ने गर्नु हुँदैन् । यस्तो बानीले गर्दा हाम्रो शरीरमा विभिन्न रोगहरु उत्पन्न हुन सक्छ । त्यसैले, हामीले खान खाए पछि कम्तिमा पनि ३ मिनेट जति टहल्ने गर्नु पर्छ ।

चिन्ताले चिताको बाटो लिन्छ त्यसैले, हामीले हाम्रो दिमागलाई धेरै जोर दिनु हुँदैन् । हामीले अरुको कुरा नसुनीकन आफुलाई कसरी खुशी राख्ने भन्ने कुरामा ध्यान दिन जरुरि देखिन्छ ।

यसका साथै हामीले जहिले पनि साँचो बोल्ने, आफु भन्दा ठुलालाई आदर गर्ने, आफुभन्दा सानालाई माया गर्ने, मन लगाएर काम गर्ने, राम्रो बचन बोल्ने, कसैको चित्त नदुखाउने, सधै अनुसाशनमा बस्ने, काम गर्दा घुस नलिने, सरसफाईमा एकदम ध्यान दिने, सधै सफा लुगा लगाउने, समय भएको बेलामा किताव तथा पत्रपत्रिका पढ्ने, नयाँ ठाउंहरु घुम्ने, साथीभाईसँग समय बिताउने, सबैसँग राम्रो व्यवहार गर्ने जस्ता बानी बसाउनु पर्छ ।

यसका साथ साथै हामीले हाम्रो जीवनमा आफुलाई मनपर्ने, आफ्नो इच्छा बुझेर लक्ष्य बनाउने र त्यसलाई पुरा गर्नका लागि पुरै मेहेनत गरेर लागि पर्नु पर्छ । हामीले लामो समयसम्म मोबाइल, ल्यापटप तथा कम्प्युटर चलाउनु हुँदैन् ।

यसले हाम्रो आँखा, दिमाग तथा निन्द्रामा असर पूर्याउने गर्छ । हामीले समय समयमा डाक्टर कहाँ गएर नियमित स्वास्थ्य परिक्षण पनि गराउनु जरुरी छ । यति गरेमा हाम्रो जीवनशैली स्वास्थ्य बनाएर आफुलाई रोगहरुबाट मुक्त गर्न सक्छौं ।

प्रतिक्रिया

Loading...