fbpx

चट्याङ लागेर ईलाम र झापामा ४ जना घाइते

विराटनगर । चट्याङ लागेर इलाम र भापामा ४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे चट्याङ लागेर इलाममा १ जना र झापामा ३ जना घाइते भएका हुन् ।

ईलामको चुलाचुली गाउँपालिका–३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङ लागेको थियो । उनको बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ ।

यसैगरी झापाको बाह्रदशी गाउँपालिका– ६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा चट्याङले लागेको थियो । । घाईतेहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Loading...