fbpx

टिकाराम सुनुवार असार महिनाको ‘पुलिस अफ द मन्थ’

विराटनगर । प्रदेश १ प्रहरीले संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । संखुवासभामा विप्लव समुह विरूद्ध प्रहरीले  चलाएको   अप्रेशनमा भूमिका खेलेका सुनार सर्बाेकृष्ट प्रहरी घोषित भएका हुन् ।

उनले हातहतियार तथा खरखजाना, बिष्फोटक पदार्थ जस्ता जघन्य प्रकृतिका अपराधहरुको अनुसन्धान गरेका थिए । संगठित अपराध, अपराधिक गतिबिधिमा संलग्न अभियुक्तलाइ कानुनी दायरमा ल्याउन याेगदान दिएका थिए ।

प्रदेश प्रहरीले कार्य सम्पादन र तथा मूल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाा कार्यरत सुनुवारलाई असार महिनाको पुलिस अफ द मन्थ घोषित गरेको हो ।  प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

प्रतिक्रिया

Loading...