fbpx

एक हप्ता पछाडी सर्याे ‘च च हुई’ को प्रदर्शन मिति

विराटनगर ।

चर्चित अभिनेता आर्यन सिग्देलको नयाँ फिल्म ‘च च हुई’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि फिल्मलाई निर्माण टिमले कात्तिक २९ गते प्रदर्शनमा ल्याउने तयारी भएता पनि अभिनेता सौगात मल्लको मुख्य अभिनय भएको फिल्म ‘माछा माछा’ का कारण यो फिल्म एक हप्ता पछाडि सरिएको छ ।

फिल्मका निर्माता अमृत घले लामा र वितरक कम्पनी एफडीबीच बिहीबार भएको सहमती अनुसार फिल्म यहि मंसिर ६ गते प्रदर्शन गर्ने निर्णय भएको छ । मंसिर ६ गतेका लागि अहिलेसम्म अरु कुनै फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैन् । फिल्ममा आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ ।

फिल्ममा आर्यनका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायत कलाकारहरुको अभिनय रहेको छ । साम्तेन भुटियाले निर्देशन गरेको यस फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घले लामाले निर्माण गरेका हुन् ।

सुशन प्रजापतिको छायांकन रहेको यस फिल्मलाई नेपालका साथै हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा छायांकन गरिएको छ । साम्तेनले त्यान्द्रो, साढे सात, लेटर, अनागत जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

साम्तेनलाई एकै प्रकारको फिल्म निर्देशन गरिरहेको आरोप लाग्दै आए पछि उनले यसपटक यस फिल्ममा भिन्न तरिकाले फिल्मको निर्देशन गरेको बताएका छन् । सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको यस फिल्मको गीतमा राजनराज सिवाकोटी र रोशन थापाले संगीत भरेका छन् ।

प्रतिक्रिया

Loading...