fbpx

उम्रिएका गेडागुडीका छन् यति धेरै फाइदा

विराटनगर ।
अब केही दिन पछि हरेक घरमा एक छाक भएपनि क्वाँटी अर्थात भिजाएको गेडागुडी उम्रिएपछि पकाउने गरिन्छ । जनैपुर्णिमा अर्थात रक्षा बन्धनका दिन देशभर हरेकको भान्सामा क्वाँटी पाक्छ नै ।

तर यो क्वाँटी अर्थात भिजाएर उम्रिएको गेडागुडी स्वास्थ्यको दृष्टिले भने हरेक दिन खाँदा हुने उत्तम तरकारी हो । यसका अनेकन फाइदा छन् । गेडागुडीलाई निश्चित समयसम्म भिजाएर अंकुरित भइसकेपछि खाँदा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अंकुरित गुडागुडीमा पाइने पौष्टिक तत्त्वहरु सरल र शरीरका लागि पाच्य भइसकेपछि सेवन गर्नु स्वास्थ्यमा अति नै हितकर हो ।

दाल, गहुँ, भटमास, मेथी आदिका दानालाई राम्ररी धोइपखाली गरेर सफा र स्वच्छ पानीमा १२ घण्टासम्म भिजाएर राखी बाँकी रहेको पानी फाली फेरि धोएर घाम नलाग्ने अँध्यारो ठाउँमा फिँजाएर राख्न सकिन्छ। दुई–तीन दिनभित्र गेडागुडी हल्का उम्रिएको अबस्थाको हुन्छन् ।

यसलाई खाजा वा नास्ताका रुपमा काँचै वा हल्का बफाएर समेत खादाँ उत्तम हुन्छ । काँचै खादा यसका पौष्टिक तत्वहरु नष्ट नहुने हुनाले बढी फाइदाजनक हुन्छ। विभिन्न खोज अनुसन्धानले पनि टुसाएका गेडागुडी खादाँ यसमा हुने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट उत्पन्न हुने विभिन्न रोगबाट बचाउँछ।

जुनसुकै मौसममा उत्पादन गर्न अनुकूल टुसाएका गेडागुडीमा मासुमा भन्दा बढी पौष्टिक तत्त्वहरु हुन्छ । क्वाँटीमा भिटामिन ए, भिटामिन बी र भिटामिन सीको मात्रा समेत प्रचुर पाइन्छ। टुसाएका गेडागुडीमा जटिल कार्बोहाइड्रेडहरु सरल ग्लुकोज, फ्रुक्टोज, माल्टोजहरुमा र प्रोटिन तथा एमिनोएसिडहरुमा परिवर्तन हुन्छन्।

त्यसैले अंकुरित गेडागुडीको सेवनले कब्जियत, पाइल्स, फिस्टुला, फिसर लगायतका रोगबाट बचाउन मद्दत गर्छ। टुसाएका गेडागुडीको नियमित सेवनले घाउहरु चाँडै निको पार्ने, तौल घटाउने र एन्टिबडी इन्जाइम्स र हर्मोनहरु बनाउने कार्यमा टेवा पुर्यासउँछ।

यसमा हुने फाइटोस्ट्रिोजन नामक तत्त्व महिलामा महिनावारी रोकिएपछि हुने समस्या जस्तै पसिना आउने, शरीर तात्ने, हड्डी कमजोर हुने र महिनावारी हुनुभन्दा अगाडि देखिने समस्यामा उपयोगी हुन्छ।    मधुमेह, बाथ तथा मुटु र रक्त नलीगत रोगमा फाइदा पुगेका तथ्यहरु फेलारिसकेका छन्।

प्रतिक्रिया

Loading...