fbpx

रोजगारीको प्रलोभनमा भारतमा बेचिन लागेका १० व्यक्तिको उद्दार

विराटनगर । मोरङ प्रहरीले रोजगारीको प्रलोभनमा भारतमा बेचिन लागेका २ महिला सहित १० जनाको उद्दार गरेको छ । मोरङको उर्लाबारी नगरपालिका ४ बस्ने ८ पूरूष र दुई महिलालाई भारतमा लगेर श्रम शोषणकालागि बेच्न लागेको अवस्थामा सुनसरीबाट उद्दार गरेको हो ।

प्रहरीले प्रलाेभन देखाउने तीनजनालाई पनि नियन्त्रणमा लिएको छ । साउन २ गते उर्लाबारी ४ बस्ने पुड्का उराव र निजकी श्रीमती फुलकुमारी उरावलाई समेत नियन्त्रणमा लिएको हाे  ।

उनीहरुले १० जनालाई अलग अलग भेटी भारतको कश्मिरमा राम्रो रोजगार पाईन्छ भन्दै प्रलोभन देखाएका थिए । मासिक १७ हजार भारु पाउने र ओभर टाइमपनि पाउने आशामा जान तयार रहेका सुनसरीकाे हरिनगरा पुगेपछि  राेजगारीका नाममा बेचिन लागेकेा थाहा पाएका थिए । लगतै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीले उनीहरुको उद्दार गरेको हो । प्रहरीले उराउ दाम्पतीसँगै सुनसरी हरिनगरा घुस्किहाट बस्ने अफिज अन्सारीलाई पनि पक्राउ गरेको छ ।

उराउ दाम्पतीले उर्लाबारीमा १० जनालाई भेला गराएर ईनरुवा तर्फ लगेका थिए । तर त्याँहा लिन कोही नआएपछी विराटनगर जाउँ भन्दै अन्सारीको घरमा लगेका थिए । मान्छे लिन आउने भन्दै सुनसरीको हरिनगरा घुस्किहाट स्थित अफिज अन्सारीको घरमा पुगेपछि साँझ परेपछि भारतको जोगबनीबाट रेल चढेर कश्मिर लैजाने याेजना बनाएका थिए ।

छलफलको विषयमा बुझ्दा  तीनजना व्यक्तीहरुले रोजगारको प्रलोभन देखाई भारतको कश्मिरमा भारतीय दलालहरुलाई बेची श्रम शोषण गर्ने थाहा पाएपछि पीडितले प्रहरीलाई खबर गरेका थिए ।

उराव दम्पतीले अफिज अन्सारीसँग त्यहां पूर्याए बापत रकम लिई फर्कन लागेका थिए । सोही क्रममा आफन्त मार्फत प्रहरीमा उजुरी गरेपछि प्रहरीले पुड्का उराव, निजको श्रीमती फुलकुमारी उराव र अफिज अन्सारी पक्राउ गरेको छ ।

प्रतिक्रिया

Loading...