fbpx

खाना खाएपछि कम्तिमा तीन मिनेट टहल्नु स्वस्थ शरीरकालागि आवश्यक

हामी खाना खाएपछि सुस्त केही समय सुस्त हुन्छौं । हामी मध्ये धेरैलाई खाना खाए पछि निन्द्रा लाग्छ । दिनभरीको कामले गर्दा थाकेका कारण हरेक रात खाना खाए पछि आराम गर्ने वा सुत्ने गर्छौं । तर, खाना खाने बितिक्कै आराम गर्नाले वा सुत्नाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । खान खाने बितिक्कै यसरी सुत्ने गर्दा हाम्रो शरीरमा विभिन्न किसिमको रोगहरु लाग्ने सम्भावना हुन्छ ।

हाम्रो शरीरलाई लाग्ने रोगबाट बच्न र आफूलाई स्वास्थ्य राख्न राति खाना खाएपछि केही समय टहल्नु आवश्यक छ । खाना खाने बित्तिकै ढल्किने गर्दा हाम्रो पेट लाग्ने समस्या बढ्ने गर्छ । मोटोपनाले हाम्रो शरीरमा विभिन्न प्रकारको रोग उत्पन्न गराउछ । हामीले आफ्नो वजनलाई नियन्त्रण राख्नका लागि खाना खाएपछि नसुती एकछिन बाहिर टहल्नाले गर्नु पर्छ ।

खाना खाए पछि टहल्नाले गर्दा हाम्रो पाचन प्रक्रिया सक्रिय भएर मोटाबोलिज्म मजबुत हुन्छ र हाम्रो तौल पनि नियन्त्रणमा आउछ । खाना खाएपछि केही समय टहल्नाले गर्दा शरीरको अतिरिक्त क्यालरी तथा बोसो पगालेर हाम्रो पेट तथा मोटो शरीरलाई घटाउन मद्दत गर्छ । खाना खाएपछि प्राय अल्छि र सुस्त महसुस हुने हुदा हामीले खाना खाए पछि टहल्ने बानी बसाउदा हाम्रो अल्छिपन हटेर पेट सम्बन्धी विभिन्न समस्याहरु हराएर जान्छ ।

खाना पछि हल्का टहल्नाले गर्दा हामीले खाएको खाना सजिलैसँग पच्ने गर्छ । बाहिरको स्वच्छ बातावरण तथा हावाले हाम्रो शरीरमा अक्सिजन प्रदान गरेर हाम्रो ब्लड सर्कुलेसनलाई सक्रिय गरेर अनिन्द्राको समस्या हटाई राम्रो निन्द्रा ल्याउन समेत मद्दत गर्छ ।

कोलेस्टेरोल तथा मधुमेहका बिमारीले खाना पछि कम्तिमा पनि ३ मिनेट टहल्ने बानी बसाउदा हाम्रो शरीरमा ब्लड शुगरको मात्रा कम गराएर स्वास्थ्यको लागि समेत निकै राम्रो फाइदा पूर्याउने गर्छ ।

प्रतिक्रिया

Loading...