fbpx

आजबाट फिल्महलमा ‘घर’, तर्साउला दर्शक ?

विराटनगर । अभिनेता तथा निर्देशक अर्पण थापाको निर्देशनमा तयार भएको हरर जनरामा आधारित फिल्म ‘घर’ आज साउन ३ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको छ । गत वर्ष अर्पणकै निर्देशनमा तयार भएको हरर फिल्म ‘सुनकेसरी’ ले दर्शकलाई तर्साउन सकेन् तर घरबाट निर्माण पक्षले धेरै अपेक्षा राखेको छ ।

निर्देशक थापाले निर्देशन गरेको तिन वटा चलचित्र लगातार फ्लप छन् । तर हरेस नखाइ घरको निर्माण गरेका उनले ठूलो आर्थिक जोखिम मोलेका छन् । मान्छेको सबैभन्दा सुरक्षित स्थान घर, तर त्यही आनन्दको जीवन बिताइरहेको सुरक्षित स्थानमा मान्छेले असुरक्षित र डरको आभास गर्‍यो वा हामी आफ्नै घरमा तर्सियौं भने के कस्तो हुन्छ भन्ने असामान्य अनि अनौठो कथा देखाइएको छ ।

शर्मिला पाण्डेलले निर्माण गरेको यस फिल्ममा अर्पण र सुरक्षाका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

श्रीमान्–श्रीमतीले भर्खर सस्तोमा किनेको नयाँ घरमा सरेपछि भुतप्रेतसँग भोगेको कथालाई फिल्ममा देखाइएको छ ।फिल्ममा अर्पणको मुख्य भूमिका रहेको छ भने अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतीको भूमिका निभाएकी छन् ।

फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्मातामा छन् । नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या ठूलो भएपनि नेपालमा हरर जनराका फिल्महरु आवश्यक प्रविधि र बजेटका कारण कमै मात्र बन्छ ।

प्रतिक्रिया

Loading...