fbpx

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

सुनसरी । इटहरी उप–महानगरपालिका–१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहिबार फ्याक्ट्रीमा रहेको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । श्रेष्ठको उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको थियो । उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

Loading...