fbpx

दुध बेच्न हिडेका व्यक्तिको मृत्यु

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का ४० बर्षीय गणेश बि.क.को भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार साझ घरबाट दुध बेच्न घरबाट हलेसी बजार हिडेका बिकको घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

दुध बेचेर फर्कने क्रममा बाटोमा रहेको तारेभिरबाट अचानक लडेका उनी करिव २०० मिटर तल खसेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Loading...