fbpx

तीन दिनपछि बेपत्ता बालकको शव फेला

झापा । झापाको बाह्रदशी गाउँपालिका–३ का केदार खड्काका ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत अवस्थामा भेटिएका छन् ।असार ३१ गते दिउँसो अदुवा खोलामा आएको बाढीले बगाएका बालकको शव तीनदिनपछि भेटिएको हो ।

घरबाट खेल्न निस्किएका बालक साझ सम्म नफर्किएपछि बाढीले बगाएको आशंकामा खोततलास शुरु भएको थियो ।

खोजतलासकै क्रममा बिहिवार अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

Loading...