fbpx

मोटरसाईकल दुर्घटना १ जानको मृत्यु २ घाईते

इटहरी । सुनसरीको गढी गाउँपालिकामा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहिवार बेलुका गढी गाउँपालिका– ५ मा को तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टदा मोटरसाईकल चालक गढी गाउँपालिका–६ का ३० बर्षीय राजेश्वर मण्डल घाइते भएका थिए ।

मण्डलकाे गोल्डेन अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अनियन्त्रित भई पल्टिएको मोटरसाइकल छेउमै रहेको पानीको खाल्डोमा पसेको थियो । दुर्घटनामा मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका– ६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य भएका छन् ।

प्रतिक्रिया

Loading...