fbpx

बैदेशिक रोजगारीमा जाने घट्दै

काठमाडौं ।

अघिल्लो अर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जानेको संख्या कम भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४ ७५ को तुलनामा गत आर्थिक वर्षमा विदेश जानेको संख्या एक लाख तीन हजार ८ सय ५७ जनाले घटेको हो ।

२०७४ ०७५ मा ६ लाख १२ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए भने गत आर्थिक वर्षमा ५ लाख ८ हजार ८ सय २८ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् । यसमा महिलाको संख्या ३२ हजार १ सय २३ छ।

विदेश जाने मध्ये कतार जानेको संख्या बढी छ । दुबै आर्थिक वर्षमा पहिलो रोजाई कतार बनेको हो । अघिल्लो वर्ष एक लाख ८३ हजार ५४२ जना कतार गएकोमा गत आर्थिक वर्ष एक लाख ६१ हजार २ सय १५ जना गएका छन् ।

यो वर्ष मलेसियाको रोजगारी बन्द भए पनि ४२ हजार १ सय ४६ जना कलिङ भिसामार्फत गएका छन् । कलिङ भिसा आएकाका लागि खुले पनि नयाँ कामदारका लागि मलेसियाको रोजगारीको लागि भने अझै खुलेको छैन् ।

प्रतिक्रिया

9 + 18 =

Loading...