fbpx

विप्लव शान्तिपुर्ण राजनितिमा आउनेमा सरकार सशंकित

काठमाडौं । विप्लव समुह शान्तिपुर्ण राजनितिमा आउने सुनिश्चित भएमात्रै वार्ता हुने सरकारले जनाएको छ । सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले वार्ता बताए । उनले कार्यकर्ता छोडेपछि विप्लव समुह शान्तिपुर्ण राजनितिमा आउनेमा उनको संका छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले वार्ताका लागि सरकार सधै तयार भएको बताउदै तर विप्लव समुहले साच्चै निकास चाहेकोमा संका व्यक्त गर्दै भने सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन ।’

पछिल्लो पटक सत्तारुढ नेकपाकै महासचिव विष्णु पौडेलले जेलमा पुगेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए भने अनौपचारिक सम्वादहरु भइरहेको सत्तारुढ दलका नेताहरुले पनि स्वीकार गरेका छन् ।

तर बास्कोटाले भने हापुरेको पुनरावृत्ति हुन नसक्ने बताए । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए वार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । उनले सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आए जुनसुकै बेला वार्ता गर्न सरकार तयार रहेको प्रष्ट पारे ।

प्रतिक्रिया

Loading...