fbpx

कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्कामा मेरो कार्यकाल

कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, प्रदेश १, झुम्काले आफनो स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । कृषिको सांगठनिक पुर्नसंरचनापछि २०७५ सालको कार्तिक महिनामा विधिवत कार्य थालनी गरेको यो केन्द्रले बितेका ९ महिनामा विभिन्न कठिनाइँका बावजुद उल्लेखनीय कार्य गरेको छ ।

थोरै प्राविधिक कर्मचारीहरु, नयाँ सुरुआती वर्ष, कार्यक्रमहरुको ठूलो चाप हुँदाहुँदै पनि कार्यालयका साथीहरुको लगनशीलता, मेहनत र कार्यालयबाहिरका धेरै कार्यालयहरु र श्रोत ब्यक्तिहरुको साथसहयोग र सहकार्यबाट यो संभव भएकोछ । यसको लागि हाम्रो काममा साथसहयोग पुर्याउनु हुने सबैप्रति हामी आभारी छौँ र म सबैलाई धन्यवाद दिन चाहान्छु । आगामी दिनहरुमा पनि यहाँहरुको सक्रिय साथ–सहयोग यो केन्द्रले पाइरहनेछ भन्नेमा म आशावादी छु ।

 

 

डा. राजेन्द्र उप्रेती

कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, प्रदेश १, झुम्काको मुख्य कार्यालय तथा तालिम भवनहरु

यो अवसरमा म प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयको अभिभावकत्व र सहयोगको लागि आभार व्यक्त गर्दछु । त्यसरीनै अलैँचीबाली विकास केन्द्र, इलाम; खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगर; बागबानी केन्द्र सोलुखुम्बु; राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटा; माटो तथा मल परीक्षण प्रयोगशाला, झुम्कालाई हाम्रा लक्षित तालिम कार्यक्रमहरु सञ्चालन गरी सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद दिन चाहान्छु । तपाईँहरुको सहयोगबिना यी उपलब्धीहरु सम्भव थिएनन् । यो आर्थिक वर्षमा हामीले प्राविधिकहरुको लागि सेवाकालीन तालिमसहित ८ वटा तालिमहरु सम्पन्न गर्यौँ । जसबाट हाम्रा १९३ (महिला ९३, पुरुष १००) जना प्राविधिकहरुले विभिन्न विषयमा ज्ञानसीप बढाउने मौका पाएका थिए । त्यसरीनै कृषकहरुका लागि सञ्चालन गरिएका विभिन्न विषयका ४० वटा तालिमहरुबाट ९९४ (महिला २९१, पुरुष ७०३) जना लाभान्वित भएका थिए । यसरी सबै जोड्दा यो केन्द्रले सञ्चालन गरेका ४८ वटा तालिमहरुबाट ११८७ जना सहभागीहरु लाभान्वित भएका थिए ।

मेसिन औजार प्रयोग तालिमको व्यवहारिक कक्षा तथा तालिम समापनको सामूहिक फोटो सेसन

तालिमहरु संचालनको साथसाथै कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्काले यो वर्ष आफ्नो भौतिक पूर्वाधारहरुको निर्माण तथा मर्मतसम्भारमा उल्लेखनीय कार्य गरेको छ । कार्यालयको मुख्य भवनलाई सौर्यशक्तिबाट सञ्चालित वातावरणमैत्री भवनको रुपमा ब्यवस्थित गरिएको छ । सघन वर्षातको केही समय छोडेर अरु समयमा यो भवनका सबै कार्यहरु र्सौय उर्जाबाट सञ्चालन गर्न सकिनेछन् । सुख्खा मौसममा सिचाइँ सुबिधाको तीब्र अभावमा केन्द्रभित्रका जमीनहरुमा बालीबिरुवा लगाउन भैरहेको समस्याको समाधानको लागि धेरैजसो प्रर्दशनस्थल बनाउने जमीनहरुमा सिचाइँको लागि पानीटयान्कीहरु र पाइपलाइनको सञ्जाल निमार्ण गरिएको छ । जसबाट अबका दिनहरुका केन्द्रमा पर्याप्त प्रर्दशनस्थलहरु व्यवस्थापन गर्न सहज हुनेछ । धेरै वर्षपछि यो तालिम केन्द्रमा हरियाली बढाउन र विभिन्न फलफूलका तालिमहरु प्रभावकारी बनाउन फलफूलका बिरुवारोपण कार्यको सुरुआत गरिएको छ । यसलाई निरन्तरता दिनसकेमा यो केन्द्रमा सञ्चालन हुने तालिमहरुको प्रभावकारितामा थप बृद्धि हुनेछ । यसरीनै यो वर्ष कृषियान्त्रिकरण अभियानलाई प्रभावकारी बनाउन विभिन्न प्रकारका कृषियन्त्र उपकरणहरु खरिद गरिएको छ । यी उपकरणहरुको प्रयोगप्रति तालिमका सहभागीहरुमा तीब्र उत्सुकता जागरण भएको छ ।

मुख्य कार्यालय भवनमा जडान गरिएको सोलार प्यानलहरु तथा सिचाइँको लागि बनाइएका पानी टयान्की

यो केन्द्रमा सञ्चालन हुने तालिहरुलाई कृषकहरुको मागमा आधारित बनाउने क्रममा केही तालिमहरु संचालन गरिएका थिए । त्यस्ता तालिमहरुमा पावरटिलर–मिनिटिलर संचालन तथा मर्मतसंभार, बिरुवा प्रसारण तरिकाहरु, मौरी पालन, हाईटेक पोलि–नेटहाउसमा तथा हाईड्रोफोनिक खेती प्रविधि, माटो नमुना परीक्षण तथा खाद्यतत्व ब्यवस्थापन र फलफूल प्रशोधन मुख्य थिए । यी तालिमहरुमा सहभागीहरुको सक्रियता तथा चासो धेरै देखिएको थियो । यी तालिमहरुको सञ्चालन अनुभवबाट भविष्यमा सञ्चालन हुने तालिमहरु कृषकहरुको मागमा आधारित बनाउन सके उपलब्धीमुलक हुने देखिएको छ । यसैवर्ष कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्काले आफनो वेभसाईट ९जततउस्ररबदउकतअ।उज्ञ।नयख।लउर० तथा फेसबुक पेज ९जततउकस्ररधधध।ाबअभदययप।अयmरबदउकतअ।वजगmपब।ठ० सञ्चालनमा ल्याएकोछ र छोटो समयमै यसको फेसबुक पेजमा १२०० भन्दा धेरै मानिसहरु जोडिइसक्नु भएकोछ । यो केन्द्रका गतिविधिहरु प्रवाह गर्ने यि दुवै श्रोतहरु निरन्तर अपडेट गर्ने गरिएका छन् । यो केन्द्रले आफ्नो यातायात साधनको अभावमा तालिमका सहभागीहरुको लागि सञ्चालन गरिने भ्रमणका कार्यक्रमहरु असजिलो र खर्चिलो भैरहेकोमा यसै आर्थिक वर्षमा खरिद गरिएको बसले गर्दा अबका दिनहरुमा तालिममा सहभागिहरुलाई पर्याप्त भ्रमणका अवसरहरु उपलब्ध गराउन सकिने छ । यसबाट प्रत्यक्ष हेरेर सिक्ने अवसरमा बृद्धि हुनेछ ।

यी उपलब्धीहरुको अलावा धेरै वर्षदेखि तारबारको अभावमा लथालिङ्ग र असुरक्षित रहेको केन्द्रको परिसरलाई यो वर्ष तारबार गरी बाहिरी अतिक्रमणबाट सुरक्षित गर्ने काम गरिएको छ । परिसरभित्र रहेका भवनहरु धेरै वर्षदेखि मर्मतसम्भार नभएर जीर्ण बन्दै गैरहेकोमा यो वर्ष चारवटा आवासगृहहरु मर्मतसम्भार गरी रंगरोगन गरिएका छन् । तालिममा सहभागी हुन आउने महिला सहभागीहरुको लागि छुट्टै छात्राबास नभइ समस्या आउने गरेकोमा महिला छात्राबास छुट्टै सञ्चालन गर्नको लागि पहल सुरु गरिएको छ । कार्यालय परिसरका रहेको पुरानो कार्यालय भवनलाई मर्मतसम्भार र बारबन्देज गरी आगामी वर्षदेखि सञ्चालनमा ल्याउन तयारी गरिएको छ ।

कार्यालय परिसर तथा महिला छात्राबासको तारबार

बिगत केही वर्षदेखि उपभोक्ताहरुमा आफूले खाने कृषि उत्पादनको गुणस्तर तथा बिषादी अवषेसको बारेमा सचेतनाको विकास हुँदै आएको छ । उपभोक्ताहरु स्वास्थकर खानेकुराको खोजीमा छन् । उत्पादकहरुमा पनि प्राङ्गारिक उत्पादन वा स्वास्थकर कृषि उत्पादन गर्ने इच्छा बढ्दै गएको छ । तर, विपल्परहितको इच्छाले मात्र समाधान दिन सक्दैन रहेछ । त्यसैलाई मध्येनजर गर्दै किसानहरुकै घरबारीमा जैविक मल उत्पादन तथा किराहरुको व्यवस्थापनको लागि यो केन्द्रले केही नयाँ प्रयासको थालनी गरेको छ । पश्चिम बंगाल, भारतका डा. कन्चन भौमिकको प्राविधिक सहयोगमा हामीले जैविक युरिया र जैविक बिषादी बनाउने कामको सुरुवाती परिक्षण गरिरहेका छौँ ।

मर्मतसम्भार गर्न बाँकी आवासगृहहरुको जीर्ण अवस्था तथा यो वर्ष मर्मतसम्भार गरिएको कर्मचारी आवासगृह

गाईको गोबरबाट बनाईने जैविक युरियामा पहिलो परीक्षणमा १० प्रतिशत नाईट्रोजन पाइएको छ । यसलाई फेरि राम्ररी बनाएर डा. भौमिकले भनेझैँ १५ देखि १८ प्रतिशत नाईट्रोजन प्राप्त गर्न हामी प्रयासरत छौँ । बालीमा लाग्ने विभिन्न प्रकारका किराहरुको ब्यवस्थापनको लागि भारतबाट आधुनिक लाईट ट्रयाप मगाएर परिक्षण गर्दैछौ । यसको प्रारम्भिक प्रतिफल उत्साहजनक छ । यि दुबै कुराको बिस्तृत जानकारी हामी चाडै सबैसामु ल्याउने छौ । यस्ता बिकल्पहरुले हाम्रो प्राङ्गारिक खेतीतर्फको यात्रालाई सहज बनाउनेछन् ।

तयार हुनलागेको जैविक युरिया तथा लाईट ट्रयापमा परेर मरेका किराहरु

यसरी विभिन्न चुनौतिहरुकाबीच हाम्रा प्रयासहरुले कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्कालाई एउटा राम्रो सिकाई केन्द्रको रुपमा बिकास गर्ने प्रदेश सरकारको उदेश्यमा सुरुवाती कार्यहरुको थालनि गरेकोछ । हामीले सोचेको नमुना सिकाई केन्द्र बनाउने लक्ष्यमा पुग्न अझै धेरै गर्न बांकी छ । यसको निरन्तरताको लागि आगामी बर्षको कार्यक्रममा विभिन्न कृयाकलापहरु प्रस्ताव गरिएकोछ । जसबाट यो केन्द्रले आफनो लक्ष्य तर्फ अर्को फडको मार्नेछ । बिकासमा निरन्तरता र श्रृजनसिलता अपरिहार्य कुरा हो । यो भैरहन सक्यो भने हामीले परिकल्पना गरेको उदेश्य हामीले भेटाउन सक्नेछौ । हाम्रा कार्यहरु र उपलब्धीमा मेरो साथ रहने सबै कर्मचारीसाथीहरु प्रति र हामीलाई बाहिरबाट साथसहयोग गर्नुहुने सबै प्रति म आभारी छु । नयाँ आर्थिक बर्ष २०७६÷७७ को पहिलो दिन सूरु भएकोछ । यो बर्ष प्रदेश १ को कृषि बिकास र रुपान्तरणमा उपलब्धीमुलक हुनसकोस, हाम्रा साझा प्रयासहरु यो उदेश्यमा केन्द्रित हुनसकुन । सबैमा शुभकामना ।।

प्रतिक्रिया

Loading...