fbpx

प्रभास, अक्षय र जोनको फिल्म अगस्ट १५ मा भिड्ने सम्भावना घट्दै

विराटनगर,

निर्माणदेखि चर्चा भइरहेको बाहुबली सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुरको नयाँ चलचित्र ‘साहो’लाई यस वर्षको निकै प्रतिक्षित फिल्म मानिएको छ । फिल्मको पोस्टर, टिजर र ’साइको सैया’ बोलको गीतले दर्शकमा उत्साह जगाएको छ । तेलुगू, तमिल र हिन्दी तिन वोटै भाषामा रिलिज गरिने भनिएको यो फिल्म अगस्ट १५ अर्थात् साउन ३० गतेमा रिलिज हुने तयारीमा भएता पनि अब प्रदर्शन मिति पछि सर्ने सम्भावना बढेको छ ।

प्रभासको ’साहो’, अक्षय कुमारको ’मिसन मंगल’ र जोन अब्राहेमको ’बाट्ला हाउस’ बक्स अफिसमा एकसाथ भिड्ने पक्का भएको थियो । तर, ’साहो’ अगस्त ३० अर्थात् दुई हप्ता पछाडि फिल्म रिलिज हुन सक्ने विभिन्न भारतीय मिडियाहरुले जनाएका छन् । ’साहो’को भिएफएक्सको काम अझै सम्म पनि नसकिएका कारण फिल्मको रिलिज डेट सर्न सक्ने फिल्मको निर्माण टिमले बताइएका छन् ।

फिल्ममा एक विशेष सीक्वेन्सका लागि निकै ठूलो भिएफएक्स सट्सको आवश्कता भएको, भिएफएक्स आउटपुटमा केही समय लाग्ने र अगस्ट १५ भन्दा अगाडि आउटपुट दिने कुनै निश्चित नभएपछि ’साहो’को प्रदर्शन मिति दुई हप्ता पछाडि धकलिने सम्भावना देखिए पनि अझै तय भने भइसकेको छैन । निर्माण टीम पहिलादेखि नै यसमाथि काम गरिरहेको छ । फिल्मको उक्त ८ मिनेट लामो एक्सन सिनको लागि ७० करोड भारतीय रुपैयाँ खर्च भएको छ ।

फिल्ममा प्रभास र श्रद्धा संग मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । ’साहो’ फिल्मका माध्यमबाट प्रभासले बलिउडमा डेब्यु गर्दैछन् । फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् भने श्रद्धा कपुरले पुलिसको भूमिका निर्वाह गरेकी छिन् । करिव ३०० करोड भारूको महंगो बजेटमा निर्माण गरिएको यस फिल्ममा अभिनेता प्रभाष र श्रद्धालाई केनी बेट्सको निर्देशनमा विभिन्न एक्सन गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

Loading...