fbpx

मुख्य भूमिकामा भन्दा पनि सानो रोलमा रमाउँदै प्रियंका कार्की

विराटनगर,
युवा पुस्तामाझ चर्चित अभिनेत्री प्रियंका कार्कीले नेपाली सिनेमामा दर्जनौ फिल्महरुमा अभिनय गरिसकेकी छिन् । प्रियंकाले मुख्य अभिनेत्रीको रूपमा अभिनय गरेका एउटा फिल्म पनि बक्स अफिसमा हिट हुन सकेको छैन । धेरै कलाकारहरुको भीडभाड रहेको फिल्ममा भने प्रियंका हिट हुने गरेको देखिन्छिन् । ‘छक्कापञ्जा’ होस् या ‘नाइँ नभन्नू ल’को सिरिजमा प्रियंका सोलो अभिनेत्रीमा नभए पनि ती फिल्म हिट रहेका छन् ।

यस्तैमा किरण केसीले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’को निर्माण घोषणा कार्यक्रममा प्रियंकाको नाम प्राथमिकताका साथ लिइएको भएपनि फिल्ममा उनको जम्मा एउटा आइटम डान्स रहेको थियो । अब भने प्रियंका फेरि यस्तै कलाकारहरुको भीडभाड रहने फिल्ममा अनुबन्धित भएकी छिन् । हाल आफ्नै निर्माण, निर्देशन र अभिनयमा एक वेब सिरिज बनाइरहेकी प्रियंकाले फेरी पनि एकपटक कलाकारको ठूलो भीड रहने फिल्ममा ‘लक्का जवान’ मा अभिनय गर्ने भएकी हुन् ।

नेपाली टेली सिरियलका हाँस्य कलाकार शिवहरी पौडेलको निर्माण तथा निर्देशनमा तयार हुने यस फिल्मलाई किरण केसी र दिलिप रायमाझी मिलेर बनाउने भएका छन् । फिल्म ‘लक्का जवान’को निर्माण घोषणा भए देखि नै उक्त फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझीले मुख्य भूमिका निर्वाह गर्दै नेपाली सिने क्षेत्रमा अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा चलेको छ ।

उनलाई यस फिल्मको अफर पनि गरिएको छ । हाल अमेरिकामा रहेकी उनको फिल्म खेल्ने इच्छा भएता पनि उनले ‘लक्का जवान’ गर्ने वा नगर्ने कुनै पनि निर्णय दिएकी छैन । फिल्म ‘लक्का जवान’ मा प्रियंकाका साथ अझै दुई अभिनेत्रीको प्रवेश हुने भएको छ । प्रियंकाको भूमिकाको बारेमा निर्माण टिमले कुनै पनि जानकारी भने दिएको छैन । के फेरी प्रियंका सानोतिनो रोलमा खुशी भएकी हुन् त ?

प्रतिक्रिया

Loading...