fbpx

यसकारण लगाइन्छ साउन महिनामा हातमा मेहेन्दी र हरियो चुरा

साउन महिना शुरु भएसँगै महिलाहरुले आफ्नो हातमा मेहेन्दी र हरियो चुरा लगाउने गरेको देखिन्छ । विवाहित महिला होस् वा अविवाहित महिला होस् साउन महिनामा सबैले हरियो चुरा र मेहेन्दी लाउने गरेको पाइन्छ । आखिर किन लगाउछन् त साउन महिनामा मात्र मेहेन्दी र हरियो चुरा ? यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ र अरु महिनामा भने मेहेन्दी र हरियो चुरा लगाउने किन नगरको भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ ।

विवाहित महिलाले आफ्नो सौभाग्यको प्रतिकको रुपमा र आफ्नो पतिको लागि हरियो चुरा र मेहेन्दी लगाउने गर्छन् । त्यस्तै, अविवाहित युवतीले आफ्नो जीवनमा राम्रो र धेरै माया गर्ने वर प्राप्त होस् भनेर हरियो चुरा र मेहन्दी लगाउने पाइन्छ । मेहेन्दीको रंगले आफ्नो पतिले कति माया गरेको भनेर पनि तुलना गरिने चलन छ । रंग गाढा भए धेरै माया र थोरै लागेमा थोरै माया भनेर सोच्ने गरिन्छ । तर, यस विषयमा सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार साउन महिनामा माता पार्वतीले आफ्ना पति भगवान महादेवलाई खुसी बनाउन र सौभाग्य प्राप्त गर्नका लागि हरिया चुरा, पोते तथा हातमा मेहेन्दी लगाएको भनेर लेखिएको छ । साउन महिनामा जताततै पनि हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइने मान्यताका साथ साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउन सुरु गरिएको मानिन्छ ।

प्राचीन कथाहरु अनुसार मेहेन्दी लगाएर, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्नुका साथै महिलाको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षणलाई कायम राख्ने मानिएको छ । वैज्ञानिक तथ्यका अनुसार भने विवाहित महिलाले यसरी चुरा तथा मेहेन्दी लगाउदा सम्बन्ध प्रगाढ हुनुका साथै व्रत्र बस्दा स्वास्थ समेत राम्रो हुने गर्दछ ।

चूरा लगाउनाले नाडीको छालामा घर्षण हुने गर्छ जसकारण हाम्रो हातमा रक्तसन्चार बढ्ने गर्छ र हातभरि रगतको प्रवाह राम्रो संग हुने गर्छ । यस प्रकारको घर्षणले शरीरमा उर्जा पैदा गरी दिनभर काम गरेर हुने थकानलाई हाम्रो शरीरमा छिट्टै हावी हुन दिंदैन । हातको नाडीमा चूरा लगाउने गर्दा हामीलाई श्वास रोग तथा हृदय सम्बन्धि रोगहरुको सम्भावना कम भएर जान्छ । हरियो रंगको चूराको प्रयोगले राम्रो भाग्यमा साथ दिने बिश्वाश गरिन्छ ।

प्रतिक्रिया

Loading...