fbpx

नियमित नुन पानीले नुहाउँदा हुन्छन् यस्ता फाइदाहरू

नुनले हाम्रो खानामा निकै महत्व राख्ने गर्छ । अलिकति खानामा नुन नपुग्दा हामीलाई हामीले खाएको खाना बेस्वादिलो लग्न थाल्छ । तर, हामी धेरैलाई थाहा नहोला खानाको स्वाद बढाउनका साथ साथै नुन हालेको पानीले नुहाउने गर्दा संक्रमणका साथ साथै हाम्रो शरीरमा लागेको अनेकौं रोगहरु समेत भाग्ने गर्छ । नुनमा म्याग्नेसियम, क्याल्सियम, ब्रोमाइड, सोडियम जस्ता पोषक तत्वहरु पाइने गर्छ ।

नूनमा भएका यस्ता पोषक तत्त्वले हाम्रो छालालाई जवान राख्न मद्दत गर्छ । नून पानीले नुहाउँदा हाम्रो छालामा भएको विषालु तत्त्व बाहिर निस्कन्छन् र ब्याक्टेरियालाई छालाबाट निकालेर हाम्रो छालाको गहिराइबाट सफाइ गरेर जवान बनाउँछ । साथै नियमित रूपमा नून पानीले नुहाउने गर्दा छाला नरम भइ दाग र चाउरी घट्दै जाने गर्छ । नून हालेको पानीले नुहाउदा छाला चिलाउने समस्या पनि बिस्तारै हट्दै जान्छ ।

यसले राम्रो निद्रा लग्नुका साथै अनिन्द्राको समस्या समेत हटेर जान्छ । शरीरको सबभन्दा बढी दबाब हाम्रो खुट्टामा पर्ने गर्छ । खुट्टाहरूलाई धेरै चलाउने गरिन्छ भने यसले हाम्रो शरीरलाई समेत सपोर्ट गरेको हुन्छ । खुट्टाका मांसपेशीहरु नरम हुने हुदा धेरै हिड्दा वा जुत्ता चप्पलका कारण फोका उठ्ने हुन्छ । नून पानीले नुहाउदा वा नून पानीले खुट्टा मात्र धुदा पनि मांसपेशीको पीडाबाट मुक्त हुनुका साथै खुट्टाको दुर्गन्ध समेत हराएर जान्छ ।

शरीरको पीडा छ भने पनि नून हालेको पानीले नुहाउदा सबै ठीक हुन्छ । नूनि भएको पानीले नुहाउदा शरीरमा क्याल्सियमको कमी हुन नदिइ हाम्रो हाड तथा नङ समेत बलियो हुदै आउछ । नून हालेको पानीले नियमित नुहाउने गर्दा शारीरिकका साथ साथै मानसिक स्वास्थ्यलाई पनि सकारात्मक असर गर्छ । यस्तो पानीले नियमित नुहाउदा हामीले शान्त, खुशी र आराम अनुभव गर्नुका साथै हाम्रो तनाव समेत हटेर जान्छ ।

प्रतिक्रिया

Loading...