fbpx

मोटोपनका कारणहरू यस्ता छन्

कम व्यायाम र स्थीर दैनिकी मोटोपनको मुख्य कारण हुन् भने असन्तुलित भोजन तथा मानसिक तनावका साथै गर्भावस्थामा छँदादेखि नवजात शिशु अवस्थाको मोटोपना पछि गएर युवावस्था तथा प्रौढ अवस्था पुग्दा पनि रहिरहन्छ । यसैगरी सानै उमेरदेखि फास्टफुड, जंक फुड, गुलिया खानाको सेवनलगायत अभिभावकको करकापले बढ्ता खाने बच्चामा पनि मोटोपनाको समस्या भएको पाइन्छ ।

खाना सेवन तथा शरीरमा उसको खपतबीच सन्तुलन मिलेन भने मोटोपना देखिनेमा दुई मत छैन तर मद्यपानसँगै तारिएका, भुटेका, बोसोयुक्त तथा जंक एवं फास्टफुड स्न्याक एप्पेटाइजरका रुपमा खाने बानी भएकाले मद्यपानबाट पनि मोटोपनाको समस्या उब्जिन्छ । आजकालको चल्तिको मःम, चाउमिन, फ्राइड फुडलगायत फास्टफुडका कारण सजिलै मोटोपना विकसित हुन्छ ।

त्यसमाथि रिमोट कन्ट्रोल समाई टेलिभिजन सेट अगाडि थ्याच्च बसेर खाना खाने बानीका साथै दिनभरि भोकै बस्ने अनि बिहान बेलुका चाँहि एकैपटक खाने बानी भएर पनि पछिल्लो समयमा नेपालमा पनि मोटोपनको समस्या देखिन थालेको छ । त्यसमाथि गहुँको रोटी, मकैको परिकार तथा सागसब्जीलाई त हाम्रो खाने मेनुबाट निकै अगाडि हटाइसक्यौँ ।

जे हास् सामान्य बीएमआई भएकामा मधुमेह लाग्दैन । सुगर पनि नियन्त्रणमा आउँछ । रक्तचाप पनि नियन्त्रणमा आउँछ । मुटुका रोग तथा पक्षघातका समस्याबाट बचिन्छ । कोलेस्टेरोलका मात्रालाइ नियन्त्रणमा ल्याउँछ । महिलामा पाठेघर, स्तन तथा पुरुषमा प्रोस्टेट जस्ता कतिपय क्यान्सर लाग्दैन । समग्रमा सन्तुलित तौलले आयु बढूनुका साथै वास्तविक उमेर भन्दा जवान देखिन पनि मद्दत गर्दछ ।

प्रतिक्रिया

Loading...