fbpx

छवि ओझाको विषयमा बोल्दै शिल्पाले भनिन्– रेखा दिदी तपाईंले गल्ती गर्नु भयो’

काठमाडौं,
निर्माता तथा निर्देशक छवि ओझाकी चौथो श्रीमती अभिनेत्री शिल्पा पोखरेलले धेरै यातना सहेपछि अब अन्त्यमा आएर आफ्ना पति छविसँग छुट्टिने निर्णय लिएकी छन् । शिल्पाले अब आफ्नो पति सँग–सँगै बस्न नसक्ने भएकोले डिभोर्स फाइल गरिसकेको बताएकी छन् ।

केही दिनअगाडि शिल्पाले प्रहरीमा दिएको उजुरीमा दुबैजना प्रहरीकोमा गएर छबिले आफ्नो गल्ती स्वीकारेर आइन्दा कुटपिट तथा दुर्व्यवहार नगर्नुका साथै मार्ने धम्की नदिने भन्दै हस्ताक्ष समेत गरेका थिए । छबिले हिर्काएर शिल्पाको कानमा समस्यासमेत आएको छ । शिल्पाको कानको जालीमा प्वाल परेको बताइएको छ ।

कानमा हानिसकेपछि छबिले आफ्नो घाँटी थिच्न आएको आरोप शिल्पाले लगाएकी छन् । घाँटी थिच्दा अब मर्छु नै भन्ने लागिसकेको भएर मर्छु भन्ने डरले आफैँ खुट्टा चल्ने भएकोले घाँटी थिच्न आउँदा आफू बच्नलाई खुट्टाले हानेर भागेको शिल्पाले बताएकी छन् । छबिसंग विवाहपूर्व शिल्पालाई यस्तो व्यवहारबारे खासै थाहा नभएको र छबिले जहिले पनि रेखा दिदीलाई मात्र नराम्रो हो भन्ने पार्नु भएको शिल्पाले थपिन् ।

चर्चित अभिनेत्री रेखा थापा छबि ओझाकि तेस्रो पत्नी हुन् । रेखासँगको १२ वर्ष लामो समयपछि यी दुईले सम्बन्ध बिच्छेद गरेका हुन् । शिल्पाले आफू छविको अफिस गएपनि रेखा दिदीसँग भेट्ने अवसर कहिले पनि नजुरेको खुलाएकी छन् । ‘छबिले जो मान्छे अफिसमा आएपनि रेखा दिदीको बारेमा मात्रै नराम्रो कुरा गर्ने गर्नुहुन्थ्यो’ उनले भनिन्’ ‘त्यतिबेला मलाई पनि रेखा दिदी नै नराम्रो भन्ने मनमा पर्दै गयो । अनि छविजीले आफ्नो जीवनमा कति दुःख पाउनु भएको होला सोचले गर्दा मलाई माया लाग्दै गयो ।’

त्यस्तो राम्रो मान्छेलाई सबैले बिचरा बनाएर किन सबैले छोडेर गएको होला भन्ने शिल्पालाई लाग्थ्यो । तर, बिहे भएको दुई हप्तामै छविको व्यवहार परिवर्तन भएको शिल्पाले बताइन् । अहिले आएर बल्ल सबै कुरा थाहा पएको र पहिला त रेखा दिदीलाई एसिड नै हालिदिन्छु भनेर धम्किसमेत दिएको उनले खुलाशा गरिन् ।

रेखाले त्यतिबेला आफू केटाकेटी उमेरको हुनु भएकाले डरले पुलिसको जान पनि नसको बताएकी छन् । शिल्पाले रेखाको सामु ‘दिदी तपाईंले नै बिगार्नु भएको रहेछ नि त, तपाईंले त्यतिबेला पुलिसको गाको भए यतिबेला यो दुःख आइपर्थेन’ भनेर आफ्नो दुःख पोखेकी छन् ।

अब भने मा जस्तो अर्को केटीलाई यस्तो हिंसा तथा दुःख नपरोस् भनेर म प्रहरीकोमा गएकी शिल्पाले बताएकी छन् ।

प्रतिक्रिया

Loading...