fbpx

शिल्पाले गरिन् फ्लप फिल्मको ह्याट्रिक

काठमाडौं,
असार २७ गतेबाट प्रदर्शनमा आएको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘सानो मन’ले बक्स अफिसमा राम्रो सफलता हासिल गर्न सकेको छैन । ‘सानो मन’ ले हलमा सफल व्यापार गर्न नसकेपनि दर्शकबाट कलाकारको अभिनय र निर्देशकको कामको निकै राम्रो प्रतिक्रिया भने प्राप्त गरेको छ । फिल्मका निर्देशक सुयोग गुरुङ्गले फिल्मको सफलता भनेकै दर्शकले रुचाएको मानेका छन् ।

हेमराज बिसीको निर्देशनमा तयार भएको फिल्म ‘ब्रेकअप’बाट शिल्पाले डेब्यू गरेकी हुन् । हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा समेत काम गरेको शिल्पाले लन्डनमा आफ्नो करिअर र पढाइ छाडेर नेपाल आएकी थिइन् । उनको यो फिल्म अनमोल केसीको ‘क्याप्टेन’सँग जुध्न गएपछि शिल्पाको डेब्यू फिल्मले नराम्रो व्यापार र्गयो । त्यसपछि शिल्पाले ‘कागजपत्र’ मा राम्रो अभिनय गर्दा गर्दै पनि उनको यो फिल्म पनि फ्लप भयो ।

प्रेमकथा समेटिएको ’सानो मन’ फिल्मबाट शिल्पालाई ठूलै आश थियो । यो फिल्म पनि फ्लप भए संगै शिल्पाले आफ्नो अभिनय क्षेत्रमा ह्याट्रिक हानेकी छिन् । म्युजिकल लभ स्टोरीमा आधारित भएको यस फिल्ममा आयुष्मान, शिल्पा र सक्षमका साथ गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मलाई काठमाडौं, भैरहवा, थाईल्याण्ड, हङकङ र मकाउमा छायांकन गरिएको हो । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरको सहकार्यमा निर्माण गरिएको फिल्मलाई आलोक शुक्लले छायांकन गरेका छन् भने सुयोग गुरुङ र मिलन श्रेष्ठले संयुक्त रुपमा मिलेर फिल्मलाई सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Loading...