fbpx

‘लप्पन छप्पन २’मा लामो कपाल कालो चस्मामा देखिए सौगात मल्ल

काठामाडौं,
चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल ‘लप्पन छप्पन २’को धमाधम छायांकन भइरहेको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा अभिनेता अनुपविक्रम शाही, देव कुमार, सुरविना कार्की, सृजना सिनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको मुख्य नायिकाको स्थानमा मिस नेदरल्याण्डस्की सेकेण्ड रनर अप केरोलिन कोलिन्डा रहेकी छिन् । मुकुन्द भट्टको निर्देशनमा तयार भइरहेको यस चलचित्रमा समावेस गरिने केही सिनहरुको छायांकनको लागि फिल्मको निर्माण टिमसंग अभिनेता सौगात मल्ल आफ्ना बडीगार्ड सहित राजधानीको एक व्यस्त अस्पताल पुगेका थिए ।

सुटमा देखिएको सौगातको हुलियाबाट उनि यस फिल्ममा नेगेटिभ भूमिका रहेको अनुमान लगाउन सकिन्छ । बाइकमा सानदार इन्ट्री गरेका सौगातलाई लामो कपाल र कालो चस्मा सहित केही बडीगार्ड सहित देखिएका थिए ।

उक्त अस्पतालमा फिल्मको सिनको लागि शुटिंग गरिएको थियो भने फिल्मको अन्य छायांकन जारी रहेको बताइएको छ । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्दै गरेको यस चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने भएका छन् । चलचित्रको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा निर्मातामा चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटी, सह(निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना र रकार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र रहेका छन् । चलचित्रको नाम र कलाकार दोहोरिए पनि फिल्मको कथा बेग्लै हुने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया

Loading...