fbpx

प्रियंकाको ’जस्ट अनोदर लभ स्टोरी’मा समावेश गरिएको गीत ’पहार’को टिजर सार्वजनिक

विराटनगर,
चर्चित अभिनेत्री प्रियंका कार्की अहिले आफ्नै होम प्रोडस्क्सनको निर्माण एवमं निर्देशनमा बन्दै गरेको वेब सिरिज ’जस्ट अनोदर लभ स्टोरी’को निर्माणमा व्यस्त रहेकी छिन् । यसबाट उनले निर्देशन क्षेत्रमा डेब्यु गरेकी छिन् । यस वेब सिरिजमा समावेश गरिएको गीत ’पहार’को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको टिजरमा अमेरिकामा बस्दै आएका युवा पुस्ताको मनमा बस्न सफल गायक साजन राज वैद्यले शब्द, स्वर तथा सङ्गीत दिएका छन् । उक्त गीतमा सिरिजका मुख्य दुई कलाकार प्रियंका र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ ।

निर्देशक तथा अभिनेत्री प्रियंकाले ’पहार’ बोल रहेको यस गीतलाई साउन ४ गतेका रिलिज गर्ने तयारी भइरहेको बताएकी छिन् । ८ एपिसोड रहने यस सिरिजलाई गाईजात्राको अवसर पारेर यहि साउन ३१ गतेबाट प्रियंकाले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गर्ने भएकी छिन् ।

दुई महिलाको प्रेममा आधारित रहेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’मा लेस्वियन अर्थात ती दुई महिलाको भूमिकालाई प्रियंका कार्की र पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले निर्वाह गरेका छन् । यस वेब सिरिजमा अभिनेता आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् ।

दुई युवतीहरु एक अपसमा प्रेममा छन् भने यस विषयलाई कुनै ठुलो कुरा नबनाएर उनीहरु बीचको एकअर्काको प्रेम बुझ्ने वातावरण बनाउनु पर्ने भएकोले उक्त सिरिजको निर्माण जरुरि रहेको प्रियंकाले बताएकी छिन् । शान थापाको कथा रहेको यस वेब सिरिजमा प्रियंकाले आफै पटकथा र संवाद लेखेकी छिन् ।

प्रतिक्रिया

Loading...