fbpx

फेस एप चलाउदा चोरिएला फोटो, प्रयोग नगर्न विशेषज्ञहरुको चेतावनी

विराटनगर ।

अहिले केही दिन यता भाइरल भएको फेस एप ओल्ड फिल्टर अर्थात बुढो बनाउने एपबाट बुढ्यौलीको तस्विर बनाएर फेसबुक लगायतका सोसल साइटमा नहाल्ने कमै मात्रै भेटिन्छ ।

जसले पनि आफ्नो बुढेसकालको तस्विर रमाइलोका लागि सामजिक सञ्जालमा हालिरहेको देख्न सकिन्छ । तर विज्ञहरुले भने भाइरल भएको यो एपले तपाईको डेटा चोर्न भन्दै प्रयोग नगर्न समेत चेतावनी दिएका छन् ।

‘फेस एप ओल्ड फिल्टर’ले तपाईको उमेर बढाउने र कस्तो देखिन्छ भन्ने देखाउने हुदाँ तस्विर रोचक हुने भएका कारण यसलाई धेरैले रुचाएका हुन् । ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको भइरल भएको छ । रमाइलोको लागि यो एप चलाउनु भएको छ भने यसको सुरक्षा चुनौतिको सामना गर्न भने तपाई तयार हुनैपर्छ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ बनाएका थिए । त्यही एपमा ‘आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)’को प्रयोग गर्दै अहिले फेरी भाइरल भएको छ । यो एप विश्वका केही चर्चित स्टारहरुले ओल्ड फिल्टर प्रयोग गरि तस्विर सार्वजनिक गरेका थिए । यसमा अन्य फिचरहरुपनि छन् जसले तपाईलाई मुस्कुराउदै गरेको, युवाअबस्थाको फोटो समेत बनाउने गर्छ । ओएस र एन्ड्रोइड दुबै फोनकालागि यो एप तयार गरिएको छ ।

प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ। एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ। यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ।

प्रविधि विशेषज्ञहरुले यो एप धेरै असुरक्षित भएको बताएका छन । यो एप डाउनलोड गरेपछि तपाईले नो भन्ने अप्सन दवाएपनि फोनमा भएको डाटा लिइ छाड्छ । अनि तपाईको मोवाइलमा भएका सबै फोटो एपले पनि स्टोर गर्न सक्छ । तपाईको मोवाइलमा भएका सबै फोटो उसको हातमा पुगेपछि यसको दुरुपयोग हुन्न भन्न सकिन्न । ती फोटोहरु उसले आफ्नो इच्छ अनुसार प्रयोग गर्न सक्ने विशेषज्ञहरुको भनाई छ ।

‘फेस एप’ व्यक्तिगत सुरक्षामा चुनौती भएको ‘डेलीमेल’ मा विशेषज्ञहरुलाई उदृत गर्न लेख छापिएको छ । यसले अहिलेको डिजिटल युगामा मोवाइलमा भएका सबै डेटा लिएर अरुलाई बेच्न पनि सक्ने भयो । त्यस्तो अबस्था आए पिडितहरुले कहाँ गुनासो गर्ने वा कानुनी लडाई लड्ने भन्ने पनि चुनौती छ ।

अर्काे अर्थमा कानुनी अधिकारबाट पनि तपाई बञ्चित हुनुहुने छ । फेसएप फोटो मर्फिङ एप हो, जसले अनुहार परिवर्तन गरि एआइका माध्यमबाट तस्विर परिवर्तन गरि उपयोग गर्न दिन्छ ।

निःशुल्क सेवाले एआईको प्रयोगबाट तपाईको फोन ग्यालरीमा रहेको तस्बिर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा तपाईलाई प्रस्तुत गर्ने क्षमता राख्छ। हाम्रो जस्तो मुलुकमा विभिन्न एपहरु भाइरल हुने र त्यसले गर्दा हुने समस्या बारे चासो नदिने हुदाँ झनै समस्या हुन सक्ने खतरा समेत रहेको छ । सकभर यस्ता एपहरु प्रयोग नगर्नु नै राम्रो हुने विशेषज्ञहरुको तर्क छ ।

प्रतिक्रिया

Loading...