fbpx

वर्षाले अवरुद्ध सडक सञ्चालनमा

ताप्लेजुङ ।

अविरल वर्षाका कारण ताप्लेजुङमा अवरुद्ध भएको सडक दिउँसोबाट सञ्चालनमा आएको छ । गणेशचोक तेल्लोक सडक सञ्चालनमा आएको हो ।

सिरिजंघा गाउँपालिकाबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ र पाँचथर जोड्ने सडक बुधबारदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष टिका गुरुङले जानकारी दिए ।

मौसममा सुधार आएपछि मंगलबार दिनभरी स्काभेटर मेसिन लगाएर सडक सुधार गरिएको उनले बताए । यो सडक अवरुद्ध हुँदा सदरमुकामबाट कञ्चनजंघा आधारशिविर तथा पूर्वी क्षेत्रको आवागमन ठप्प भएको थियो ।

प्रतिक्रिया

Loading...