fbpx

डाक्टर सिके राउतको जीवनीमा फिल्म बन्दै : छठमा रिलिज हुने

काठमाडौँ ।

स्वतन्त्र मधेशको नारा विसाएर भर्खरै मुलधारको राजनितिमा आएका डाक्टर सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ ।

‘डा सिके राउत’ नाम राखेर ५० प्रतिशत राउतको वास्तविक जीवन र ५० प्रतिशत कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा एक कार्यक्रमको आयोजना गर्दै आयोजकले जानकारी दिए । आगामी छठ पर्वमा प्रदर्शन हुने फिल्म डाक्टर सिके राउतको टिजर सार्बजनिक पनि गरिएको छ।

डा सिके राउतको उपस्थितीमा भएको कार्यक्रममा डा राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।

विजेता गिरीको प्रस्तुति रहने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन । चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा सिके राउतको भूमिका निभाउने छन् । चलचित्रमा परदेशीका अलावा धुव्र कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ ।

एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाइ पवन गौतमले छायांकन गर्नेछन् । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ।

प्रतिक्रिया

Loading...