fbpx

न्यूकासललाई हराउँदै वुल्भस प्रिमियर लिग एसिया ट्रफीको फाइनलमा

विराटनगर,
वुल्भस सन् २०१९ को प्रिमियर लिग एशिया ट्रफीको फाइनलमा प्रवेश गरेको छ । नवौं संस्करणअन्तर्गत आज बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूकासललाई ४–० गोलान्तरले हराउँदै वुल्भसले फाइनलमा स्थान बनाएको हो ।

चीनको नान्जिङ आलम्पिक स्पोर्ट्स सेन्टर भएको उक्त खेलमा वुल्भसलाई जिताउन डिओगो जोटाले दुई तथा मोर्गान गिब्स ह्वाइट एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । न्यूकासलका थोमस डेभिड अल्लानले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेका थिए ।

यससँगै वुल्भसले यस प्रतियोगिताको फाइनलमा स्थान बनायो । अब, वुल्भसले दोस्रो सेमिफाइनल खेलको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा सन् २०१८–१९ को इंग्लिस प्रिमियर लिगको विजेता टोली म्यानचेष्टर सिटी र वेस्ट ह्यामले प्रतिस्पर्धामा गरिरहेका छन् ।

प्रतिक्रिया

Loading...