fbpx

यी हुन् बर्षातमा महिलाको झोलामा हुनै पर्ने सौन्दर्य समाग्री

विराटनगर । यो मौसममा कति बेला पानी पर्छ थाहा हुन्न अनि सामान्यतया कामकाजी महिलाहरुले हल्का भएपनि मेकअप त गरिरहेका नै हुन्छौँ । युवतीहरुले झोलामा सौन्दर्यका समाग्रीहरु ब्यागमा बोकेकै हुन्छन् ।

सौन्दर्यकर्मीहरुका अनुसार मौसम अनुसार सौन्दर्यका सामाग्रीहरुको लिष्ट फरक फरक हुन्छ र त्यही अनुसारको तयारी गरि घरबाट निस्किए जस्तो गरि श्रृगारिएर हिडेको हो उस्तै स्वरुपमा घर सम्म आउन सकिन्छ ।
यो वर्षातको मौसममा अनिवार्य रुपमा तपाईको व्यागमा के के हुन्छ अनी हाल्नै पर्ने के के सामाग्री छन् त आउनुहोस् छलफल गरौँ ।

युवतीहरुले खासमा फेसवास बोक्नै पर्ने हुन्छ , किनकी यो अधिक गर्मी हुने मौसम हो । अनुहारमा पसिनाको कारण डण्डिफोर लगायतका समस्याहरु बढ्न सक्छ । अनुहारको मेकअप नै विगार्ने गरि पसिना आउन सक्छ त्यसैले आवश्यक पर्दा मुख धुन सजिलोकालागि व्यागमा फेसवास त हाल्नै पर्ने भयो । बाहिरको धुवाँ धुलो र पसिनाको प्रभाव हटाउन एक पटक फेसवासले दिउँसो समेत मुख धुदाँ अनुहारको सुन्दरता कायम रहन्छ ।

यसैगरि कार्यालयमा सधै मुख धुने फुर्सद नहुन सक्छ त्यसैले वेट वाइप्सको काम आउछ । अब बुझ्नु भो नि वेट वाइप्स पनि व्यागको कुनामा राख्नै पर्ने रहेछ । तपाईले अल्कोहलमुक्त एन्टी ब्याक्टेरियल वाइप्स ब्यागमा बोक्नुहोस् । बजारमा भिटामिन सी, एलोवेरा र गुलाव जलयुक्त वेट वाइप्स पाइन्छन् । यस्ता वेट वाइप्सले अनुहार सफा राख्नेमात्रै होइन चमक समेत कायम राख्छ ।

मनसुनको मौसममा फाउन्डेसन प्रयोग गर्नु खासै ठीक हुँदैन । फाउन्डेसनको सट्टा पाउडर प्रयोग गर्ने र पसिना आए वा पानीमा रुझ्दा फाउन्डेसन पखालिएर सुन्दरता कुरुपतामा परिणत हुन सक्छ । बरु फेसवास गरि पाउडर लगाएकै राम्रो हुने व्युटिसियनहरुको भनाई छ ।

यसकासाथै तपाईको व्यागमा छुटाउनै नहुने अर्काे बस्तु भनेको वाटरप्रुफ आइलाइनर हो । वर्षातको समयमा लिक्विड आइलाइनर लगाएर हेर्नु भएकै होला नभएपनि थाहा छ नै होला पानी र पसिनाले पग्लिएर अनुहारको चमक नै बिगारिदिन्छ । बजारमा वाटरप्रुफ गाजल या स्मज फ्रि जेल लाइनर पाइन्छ । कतै फेसवासले मुख धुनु भएमा यसरी वाटरपु्रफ आइलाइनर लगाउदाँ चमक नै अर्काे देखिन्छ ।

मनसुनको मौसममा ब्यागमा छुटाउनै नहुने सामान हो छाता । जसले तपाईं र तपाईंको मेकअपलाई सुरक्षित राख्न सघाउँछ । आफूलाई मनपर्ने बलियो छाता लिनु राम्रो हुन्छ ।

प्रतिक्रिया

Loading...