fbpx

पैनीमा बेपत्ता भएकी बालिकाको शव भेटियो

विराटनगर ।

मोरङको सुनवर्षी ४ मा रहेको पैनीमा मगंलबारदेखि हराइरहेकी एक बालिकाको शव फेला परेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका ६ का राजिव तामाङकी ११ वर्षीया छोरी सृजना फुपुको घर जाने क्रममा पैनीमा डुवेर बेपत्ता भएकी थिइन् ।

उनीसंगै डुवेकी अर्की एक वालिकाको शव मंगलबार नै भेटिएको थियो । ईलामको दानाबारी ९ का कृष्ण तामाङको ८ वर्षीया छोरी प्रिति तामाङसंगै गएकी मोरङ सुनवर्सी नगरपालिका ४ सुरतमा फुपुको घर जाने क्रममा पैनीमा खसी डुवेर वेपत्ता भएकी थिइन् ।

उनको शव आज विहान सुनवर्सी २ स्थित भेलाहीमा फेला परेको प्रहरीले जनाएको छ । प्रितिको शव मंगलबार नै भेटिएको थियो ।

प्रतिक्रिया

Loading...