fbpx

छिनछिनमा डकार आउने डकारले गर्छ यस्तो रोगको संकेत

विराटनगर ।
डकार आउनुलाई खाना खाइसकेपछि पेट भरेको बुझ्ने गरिन्छ । तर, कसैकसैलाई बारम्बार विना कुनै कारण डकार आइरहने समेत हुने गर्छ । यसरी छिन छिनमा डकार आउनु भनेको हाम्रो स्वास्थ्यमा कुनै समस्या भएको संकेत समेत हुनसक्छ ।

यसरी छिनछिनमा डकार आउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन र चिन्ताजनक समेत हुन सक्छ । डकार आउनाले हाम्रो पेटमा ग्यास्ट्रिक, एसिड रिफ्लेक्सन, एसिडिटी तथा कैयौं गम्भीर समस्याको लक्षण हुन सक्छ ।

हामीले डकारलाई सामान्य रूपमा नलीइ कन यसले कुन रोगको संकेत गर्दैछ भन्नेमा बिषयमा ध्यान दिनुपर्छ । हाम्रो पेट धेरै बेर सम्म खाली रहने हुदा, हाम्रो पेटमा ग्यास भर्न जान्छ जुन डकारको रुपमा निस्किने गरेको पाइन्छ । हामीले खाना खादा मुखबाट छिरेको हावा पेटबाट भोजन नलीमा पुग्दा एक किसिमको कम्पन हुन थाल्छ । यो कम्पन मुखबाट बाहिर निस्किने क्रममा आवाजका साथ डकार भएर बाहिर निस्किन्छ ।कोहि व्यक्तिहरुले डकार गर्दा आवाज निकाल्दैनन ।

यदि पेटको हावा बाहिर निस्किदा कम्पन हुदैण भने हामीले डकार गर्दा आवाज पनि निस्किँदैन । लामो समयसम्मको कब्जियत, अपच तथा चुइगम चपाउने बानीले गर्दा पनि हामीलाई डकार आउने गर्छ । मान्छेहरुले हतारको बेलामा छिटो छिटो र ठुल ठुलो गाँस खाना खाने गर्दा यसको असर हाम्रो पेट तथा पाचन प्रक्रियामा पर्ने गर्छ ।

त्यस्तै, खाना खाने बेलामा बोल्ने, पानी धेरै पिउने, खाना खाने बेला मा हाइ गर्ने गर्दा मुख खोलिन्छ र यस समयमा मुखभित्र हावा पस्ने गर्छ र हामीलाई डकार आउने गर्छ । तारेको, भुटेको, चिसो कोर्बोनेटेड पेय पदार्थ, जंक फूड, गोभी, केराउ, मटर तथा दाल जस्ता गेडागुडी लगायतका खानाले पेटमा ग्यासको उत्पादन गर्छ ।

प्रायः यस्ता खानेकुरा खाएपछि हामीलाई डकार आउने गर्छ । धुम्रपान गर्नेहरुले चुरोटको धुवाँसँगै एकैपटकमा बाहिरको हावा धेरै मात्रामा भित्र तान्ने गर्छन् । त्यही हावा डकारका रुपमा बाहिर निस्किन सक्छ । हाम्रो सानो आन्द्रामा ब्याक्टेरिया बढ्नाले पनि हामीलाई लगातार डकार आउने समस्या निम्तिन सक्छ ।

हामीलाई ग्यास्ट्रिक तथा अल्सर भएको छ भने पनि घरीघरी डकार आउने हुन्छ । यस्तो अवस्थामा छातीमा पीडा समेत महसुस हुन सक्छ । लगातार डकार आउने समस्याले सताएको छ भने हामीले समयमा डाक्टर कहाँ जानु जरुरि हुन्छ ।

प्रतिक्रिया

Loading...