fbpx

भने जस्तो केटा पाए कट्रिनाले बलिउड समेत छोड्ने

विराटनगर ।

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफले हालै आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मेक्सिकोमा गएर मनाएकी छिन् । हाम्रो समाजमा केटिको २५ देखि ३० वर्ष सम्मको उमेरमा विवाह गर्ने मान्यता रहेको पाइन्छ । उमेरको हिसाबले हेर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ ।

तर, कट्रिनाले आफू कसैको प्रेममा नरहेको र अहिले आफ्नो बिबाहको कुनै पनि तयारी नगरेको बताएकी छिन् । यसै क्रममा कट्रिनालाई एक पत्रकारले उनको बिबाहको विषयमा प्रश्न गरेका छन् । पत्रकारले उनलाई ‘तपाईको समकालीन दीपिका पादुकोण, सोनम कपुर, अनुष्का शर्मा र प्रियंका चोपडाले बिबाह गरिसक्नु भयो, तपाईको पालो आएन र रु’ भनेर प्रश्न गरेको थियो ।

यस प्रश्नको उत्तरमा कट्रिनाले हो मेरा समकालीन अभिनेत्रीहरुले आफ्नो जोडी भेटाएका कारण सबैले बिबाह गरिसक्नु भयो तर, मेरो लागि कुनै जोडी नै नभेटिएको ले कोसँग बिबाह गर्ने रु’ भन्दै उल्टै प्रश्न गरेकी छिन् ।

आफ्नो बलिउडमा करिअरको सुरुवाती दिन देखि नै कट्रिनाको नाम अभिनेता सलमान खानसँग जोडिएको थियो । तर, उनीहरुले यो कुरालाई स्विकार गरेनन् । पछि गएर कट्रिना र अभिनेता रणवीर कपुर प्रेममा रहेका थिए । अहिले आपसी असमझदारीका कारण उनीहरु अलग भइसकेका छन् । कट्रिना पनि आफूलाई बिबाह गर्न मन लागेको बताउँछिन् ।

आफूलाई माया गर्ने श्रीमान् पाएको खण्डमा चलचित्र क्षेत्रलाई समेत छोड्न तयार रहेको उनको भनाई रहेको छ । हरेक महिलालाई जस्तै मलाई पनि आमा बन्ने रहर छ यदि कसैले मलाई वास्तविक प्रेम गर्छ भने म उसको लागि म घरमा नै बसेर बच्चा हुर्काएर बलिउड समेत छोड्न तयार रहेको उनले बताएकी छिन् ।

प्रतिक्रिया

Loading...