fbpx

‘चपली हाइट ३’मा सौगात र श्रृष्टि पक्का, मङ्सिर ३० गतेलाई रिलिज मिति तय

विराटनगर,
‘चपली हाइट’को तेस्रो सिरिज निर्माण हुने घोषणा दुइ वर्ष अगाडी गरिएको भएपनि अब आएर फिल्मको निर्माण हुने भएको छ । मुख्य पात्रका लागि अभिनेता सौगात मल्ल संगै अभिनेत्री श्रृष्टी श्रेष्ठसँग कुरा चलिरहेको थियो भने अहिले आएर फिल्ममा सौगात र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ ।

अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रलाई चलचित्र ’फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । ‘चपली हाइट ३’मा सौगात र श्रृष्टीका साथ प्रतिक श्रेष्ठ, आमिर गौतम पनि मुख्य भूमिकामा रहने भएका छन् । यसका साथै अभिनेत्री प्रियंका कार्कीलाई पनि सानो भूमिकामा देख्न सकिने भएको छ ।

थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर निर्माण गर्न लागिएको यस फिल्ममा सुहाउने भएकाले सौगातलाई मुख्य भूमिकामा उतार्न आटेको फिल्मका निर्माता अर्जुनले जनाएका छन् । ’चपली हाइट’ जुन नौलो कथामा निर्माण गरिएको थियो त्यसरीनै ’चपली हाइट ३’ पनि नौलो कथामा निर्माण हुने भएको अर्जुनले थपे ।

फिल्मका लागि अझै ३ जना नयाँ नायिकाको खोजि चलिरहेको छ । फिल्मको निर्माण टिमले केही दिनमा निर्माता कुमारको बर्थडेमा ‘चपली हाइट’को तेस्रो सिरिजलाई एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण घोषणा गर्नुका साथै फिल्मका कलाकारहरु सार्वजनिक गर्ने बताएका छन् । फिल्मलाई निर्माण टिम ले मङ्सिर ३० गतेलाई रिलिज मिति समेत तय गरिसकेको छ ।

प्रतिक्रिया

Loading...