fbpx

देशकै उत्कृष्ट बन्दै मोरङको हरियाली वनले पायो १ लाख रुपैयाँ

विराटनगर,
देशकै उत्कृष्ट बन्दै मोरङको हरियाली वनले पायो १ लाख रुपैयाँ पाएको छ । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको हो ।

पथरी शनिश्चरे नगरपालिका–३ मा रहेको उक्त वन समूह देशभरिकै २२ सय सामुदायिक वन समूहमध्ये उत्कृष्ट हुन सफल भएको हो । डिभिजन वन कार्यालय (विराटनगर)का प्रमुख विशाल घिमिरेका अनुसार पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का नीलबहादुर चौहान (सालबाजे) ले राष्ट्रियस्तरको द्वितीय पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ । उनले २३ वर्षदेखि साल प्रजातिका बीउ रोपेर निजी वन हुर्काएका छन् । गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मंगलबारे सबडिभिजन कार्यालय (मोरङ) मा कार्यरत कर्मचारी टंकबहादुर विकले द्वितीय पुरस्कार प्राप्त गरेका छन्। उक्त पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ ।

यसैगरी, अतिरिक्त कार्यालयको सम्पूर्ण क्रियाकलापको समग्र मूल्यांकन गर्दै डिभिजन वन कार्यालय (मोरङ)का प्रमुख विशाल घिमिरेलाई पनि सम्मान गरिएको छ । राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कार प्राप्त गर्ने हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल मगरले आफूले नेतृत्व गरेको २४५.९४ हेक्टरमा फैलिएको वन विसं २०७१ पुसमा हस्तान्तरण भएर लगातार हेरचाह र प्रवद्र्धनमा लागिरहेको जानकारी दिए ।

पुरस्कार पाएकामा निकै खुसी लागेको प्रतिक्रिया उनले दिए । मोरङमा हाल हस्तान्तरित १३५ सामुदायिक वन छन् ।

प्रतिक्रिया

Loading...