fbpx

‘साहो’ को एक ८ मिनेटको सिनमा मेकर्सले खर्च गरे ७० करोड भारतीय रुपैयाँ

विराटनगर,
बाहुबली सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुरको नयाँ चलचित्र ‘साहो’लाई यस वर्षको निकै प्रतिक्षित फिल्म मानिएको छ र निर्माण भएको समय देखि नै निकै चर्चामा आएको छ । हालै फिल्मको छायांकन पनि सकिएको छ । एक्सन थ्रिलर जनरामा आधारित रहेको फिल्म ‘साहो’ लाई निर्माण गर्न र प्रचार गर्न फिल्मका निर्देशक सुजित र निर्माण टिमले कुनै कसर बाँकी राखेका छैन ।

हालै प्रभास र फिल्मको निर्माण टिम दुबाई को अबुधावी गएर फिल्मको शुटिंग सकाएर आएका हुन् । फिल्मको छायांकन सकिएको खुशीमा ’साहो’को निर्माण टिमले केक काटेर पार्टी समेत मनाएका थियो । फिल्ममा समावेश गरिएको ८ मिनेटको एक्सन सिनको लागि केहि दिन अगाडी प्रभास अबुधावी गएका थिए । एक सिंगल सिनका लागि निकै कम मेकर्सले करोडौं खर्च गरेको पाइन्छ ।

त्यस्तै, फिल्मको उक्त ८ मिनेट लामो एक्सन सिनको लागि ७० करोड भारतीय रुपैयाँ खर्च भएको छ । ७० करोडमा त सिङ्गै फिल्म नै बन्न सक्छ । ‘साहो’ का छायाँकार मधिएले अबूधाबीमा खिचिएको उक्त सिनमा निर्माताले ७० करोड खर्च गरेको र यस फिल्मले इतिहास रच्ने दाबी गरेको बताएका छन् । फिल्मको ९० प्रतिशत फाइट सिन रियल हो ।

’साहो’ फिल्मका माध्यमबाट प्रभासले बलिउडमा डेब्यु गर्दैछन् । करिव ३०० करोड भारूको महंगो बजेटमा निर्माण गरिएको यस फिल्ममा अभिनेता प्रभाष र श्रद्धालाई केनी बेट्सको निर्देशनमा विभिन्न एक्सन गरेको देख्न सकिन्छ । फिल्ममा प्रभास र श्रद्धा संग मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् भने श्रद्धा कपुरले पुलिसको भूमिका निर्वाह गरेकी छिन् । अगस्त १५ अर्थात् साउन ३० गतेका दिन फिल्मलाई तेलुगू, तमिल र हिन्दी तिन वोटै भाषामा रिलिज गरिने भएको छ । फिल्मको पोस्टर, टिजर र ’साइको सैया’ बोलको गीतले दर्शकमा उत्साह जगाएको छ । प्रभासको ’साहो’, अक्षय कुमारको ’मिसन मंगल’ र जोन अब्राहेमको ’बाट्ला हाउस’ बक्स अफिसमा एकसाथ भिड्ने पक्का भएको छ ।

प्रतिक्रिया

Loading...