fbpx

मोटरसाइकल आवश्यकता हो कि बिलासिता ?

विराटनगर,
विराटनगरमा मोटरसाइकल आवश्यकता हो कि बिलासिता भन्ने विषयमा छलफल एवं संवाद कार्यक्रम आयोजना भएको छ । विकल्प एन अल्टरनेटिभद्वारा आयोजित उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारीका क्षेत्रका व्यक्तित्त्वको सहभागिता रहेको थियो ।

सामाजिक सचेतनामूलक कार्यक्रम गरिरहने विकल्पले अध्ययन–अनुसन्धान गरी प्रकाशित गरेको सोधपत्रमा विभिन्न सरोकारवाला निकायहरूलाई जानकरी गराउनु र सल्लाह–सुझाव संकलन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरेको हो । गत असार ३० गते होटल नमस्कारको प्राङ्गणमा भएको उक्त कार्यक्रममा २६ जना सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नेपाली समजमा मोटरसाइकलको भूमिका, आवश्यता र महत्त्वका विषयमा संवाद भएको थियो । जसलाई विकल्पका अनुसनधानकर्ता सर्वज्ञराज पाण्डेले गरेका थिए । उनले नेपालमा मोटरसाइकलमा लाग्ने कर तथा करको वितरणको अवस्था, भारतीय नागरिकको तुलनामा नेपाली नागरिकहरूले मोटरसाइकलमा तिर्नु परेको बढी मूल्य र त्यसको प्रत्यक्ष असरको बारेमा जानकारी गराएका थिए ।

यसैगरी कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सह–सचिव हरिहर पौडेलले सरकारले यातायात क्षेत्रमा मात्र राजस्व केन्द्रित गरेको बताएका थिए । उनले सबैभन्दाध धेरै राजश्व यातायातबाटै उठ्ने भएकाले अहिले यातायातमा लाग्ने राजश्व घटाउने अवस्था नरहेको उल्लेख गरे ।

यस्तै सरोकारवाला स्वयम्भू कार्कीले मोटरसाइकल बिलासिता नभइ आवश्यकता रहेको औँल्याए । उनले मोटरसाइकले आवात–जावतमा सहजता मात्र नभइ, खर्च घटाउने उपयुक्त साधन भएको बताए । यस्तै भनाई व्यावसायि तपीन पोखे्रलको पनि थियो । उनले मोटरसाइकल आवश्यक रहेको बताए । यसैगरी प्राध्यापक भेषराजप्रसाद धमला र विराटनगर ट्राफिक प्रहरी निरीक्षक शिव पोखरेलले पनि मोटरसाइकल आवश्यक साधन भएको बताए ।

प्रतिक्रिया

Loading...