fbpx

यस्ता बानीले गर्दा कमजोर भइरहेको छ हाम्रो दिमाग

हाम्रो उमेर बढ्दै गएसँगै हाम्रो दिमागको स्मरण शक्तिमा कमी आउनुलाई सामान्य मानिन्छ । तर, हामीलाई युवा अवस्थामानै देखा पर्ने यस्तो समस्याको पछाडी हाम्रो शरीरमा गम्भिर रोग भएको बुझ्न सकिन्छ । हामीले दैनिक गर्ने सामान्य बानी व्यवहारका कारण हाम्रो मस्तिष्कलाई नराम्रो असर पर्छ र हामीले यसबाट उत्पन्न भएको विभिन्न समस्याहरु झेल्नु परिरहेको हुन्छ ।

दिनदिनै बढ्दै गएको लापरवाहीले यस्तो समस्यालाई उत्पन्न गराउछ भने हामीले यस्ता समस्यालाई बेवास्ता गर्दा भविष्यमा दिमागमा नराम्रो असर पर्ने अनुसन्धानबाट देखिएको छ । समयसंगै परिवर्तन हुने क्रममा राती समयमा नसुत्ने, कम्युटर, ल्यापट तथा मोबाइलमा व्यस्त हुने, अस्वस्थ्य खानपान, ब्यस्त जीवनशैली, धेरै काम, तनाव, अनिन्द्राको समस्या, र अल्छि भएर लापरवाही गर्दा हामीले हाम्रो दिमागलाई आफैले जानेर वा नजानेर कम्जोर बनाइरहेका छौं ।

हामीले शारीरिक तथा मानसिक रुपले स्वस्थ रहनका लागि हरेक दिन ७ देखि ८ घण्टासम्म निन्द्रा पुग्ने गरि सुत्न जरुरी हुन्छ । पर्याप्त निन्द्रा पुग्दा शरिरका साथै हाम्रो दिमागलाई पनि आराम मिल्छ अनि यसले हामीलाई स्वस्थ राख्छ । निन्द्रा नपुगेको दिन दिमागले राम्रो काम गर्न सक्दैन । दिनभरीको भागदौड र कामका कारण व्यस्त रहने भएकोले हामीले ख्याल नगरेर समयमा स्वास्थ्य खाना नाखादा मानिसको स्वास्थ्यमा मात्र नभएर दिमागमा समेत असर पर्न जान्छ ।

खाली पेट बस्दा दिमागले काम गर्न सक्दैन् र धेरै खाना खाँदा पनि दिमागले राम्ररी काम गर्न सक्दैन । त्यसैले, हामीले समयमा ठिक्क मात्रामा स्वास्थ्य खानेकुरा खानु पर्छ । हाम्रो शरीरमा पर्याप्त मात्रामा पानी नभएको खण्डमा पनि हाम्रो दिमागमा तेज हुन सक्दैन । पर्याप्त पानी पिउने मानिसलाई सधै कुराहरु याद रहनुका साथै शरीरलाई स्वास्थ्य राख्नुका साथै दिमागलाई समेत तेज राख्न मद्दत गर्छ ।

अल्छी गर्ने मानिसले दिमागलाई प्रयोग नगर्ने भएकोले अल्छी मानिसको दिमाग कम रचनात्मक हुन जान्छ । दिनभरीको थकान र तनाबका कारण हाम्रो दिमागलाई प्रत्यक्ष असर पर्ने हुन्छ । त्यसकारण, हामीले तनावबाट मुक्त भएर बस्न जरुरी हुन्छ । लामो समयसम्म एक्लै बस्ने बानीले पनि दिमागलाई असर गर्ने पाइएको छ । त्यसैले, हामीले साथीभाई संग रमाइलो समय बिताएर विभिन्न नयाँ ठाउंहरु घुम्नु पर्छ ।

लामो समय कानमा ईयरफोन र हेडसेट प्रयोग गर्नाले हाम्रो कानलाई त हानि गर्छ यसका साथै यसले हाम्रो दिमागमा पनि असर गरिरहेको हुन्छ । धेरै बेरसम्म इयरफोनको प्रयोग गर्नाले हाम्रो दिमागको टिशुज नोक्सान हुन गइ हामीलाई मस्तिस्क सम्बन्धि विभिन्न रोग समेत लाग्ने डर हुन्छ । धुम्रपान स्वास्थ्यका साथ साथै दिमागका लागि पनि हानिकारक हुन्छ । धुम्रपानको सेवनले आयुलाई छोट्याउका साथ हैन दिमागको शक्तिलाई पनि छोट्याएर कमजोर बनाउने गर्छ ।

प्रतिक्रिया

Loading...