fbpx

‘कवीर सिंह’ हिट हुँदा किन खुशी छैनन् ‘अर्जुन रेड्डी’ ?

विराटनगर,
२ वर्षअगाडि प्रदर्शनमा आएको तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ ले अभिनेता विजय देवराकोन्डालाई रातारात तेलुगू इन्डस्ट्रीको स्टार बनाएको थियो । ’अर्जुन रेड्डी’ले भने बक्स अफिसमा टोटल ५६ करोड कमाउन सफल भएको थियो । यस्तै अभिनेता शाहिद कपुरको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘कबीर सिंह’ यही फिल्मको हिन्दी रिमेक हो ।

यो फिल्म पनि शाहिदको आजसम्मको करियरको सफल फिल्म बनेको छ । फिल्ममा शाहिदको अभिनय निकै राम्रो रहेको छ भने हलमा यस फिल्मको क्रेज निक्कै रहेको देख्न सकिन्छ । ओरिजनल फिल्मले भन्दा पनि हिन्दी रिमेकले बक्स अफिसमा तहल्का मचाएको छ । फिल्मले बम्पर ओपनिङ गरे सँगै यो फिल्म २०१९ को सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्मको लिस्टमा पर्न सफल भएको हो ।

चलचित्रले अहिले सम्ममा २५० करोड भन्दा बढी कमाई गरिसकेको छ भने अझै धेरै जसो फिल्म हलमा फिल्म प्रदर्शनमा छ । ओरिजनल भन्दा पनि रिमेक चलचित्रको सफलतालाई लिएर ‘अर्जुन रेड्डी’का अभिनेता विजय देवगरकोन्डा खुशी छैनन् । आफूले नै मुख्य भूमिका निर्वाह गरेको चलचित्रको रिमेक सफल हुदाँ पनि विजय खुशी हुन सकेका छैनन् ।

हालै एक अन्तरवार्तामा उनलाई कविर सिंह हेर्नुभयो ?’ भन्ने प्रश्न गरिएको थियो । यसमा उनले आफुलाई चलचित्रको सम्पूर्ण कथा थाहा भएको र चलचित्रमा हेर्नु पर्ने नयाँ कुरा केही नभएको बताएका छन् । मेरै भूमिकालाई साहिदले गरेको भएर आफुले फिल्म हेर्नुपर्ने जरुरी नभएको प्रतिक्रिया जनाएका छन् ।

उनले फिल्मको रिमेक निर्देशकले गर्दा सफल भएको भनेर खुशी ब्यक्त गरेका छन् । तेलुगु निर्देशक सन्दिप रेड्डी वंगाले नै यो फिल्मको निर्देशन गरेकाले हिन्दि रिमेक पनि हिट हुदा आफु खुशी भएको बताएका छन् । यत्ती भनेपछि विजयले यस फिल्मको विषयमा कुनै पनि जवाफ दिन जरुरि नसम्झिदै उनलाई सोदिएको प्रश्नहरुलाई इन्कार गर्दै आएका छन् ।

प्रतिक्रिया

Loading...