birat ribon

नेयमार बार्सिलोना फर्किने विषयमा यसो भन्छन् पीएसजीका प्रशिक्षक

Neuro
नेयमार बार्सिलोना फर्किने विषयमा यसो भन्छन् पीएसजीका प्रशिक्षक

एजेन्सी,
फ्रान्सको च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेलले आफ्ना स्टार खेलाडी नेयमारले कोपा अमेरिकादेखि नै क्लब छोड्न चाहेको बताएका छन् । उनले आरएमसीसँग हालै गरिएको एक कुराकानीका क्रममा नेयमारले कोपा अमेरिका सुरु हुनुभन्दा अगाडिदेखि नै क्लब छोड्ने इच्छा जताएको बताएका हुन् ।

cura insider

४६औं संस्करणको कोपा अमेरिकाको उपाधि जितेको ब्राजिलका स्टार खेलाडी नेयमार केही दिनयता पूर्वक्लब बार्सिलोना जाने विषयमा चर्चामा छन् । सन् २०१७ मा कीर्तिमानी रकममा पीएसजीमा आवद्ध भएका उनी पुनः बार्सिलोना फर्किन लागिपरेको बताइएको छ । पीएसजीका खेल निर्देशक लियोनार्डोले पनि उनको यो निर्णय स्वीकार गरेको छ ।

विषय आफूलाई अगाडिदेखि नै नेयमारले क्लब छोड्ने कुरा थाहा भएको टुचेलको भनाइ छ । उनले कोपा अमेरिका सुरु हुनुभन्दा अगाडि देखि नै बार्सिलोना फर्किने इच्छा देखाएको टुचेल बताउँछन् । उनी भन्छन्, ‘नेयमार पुनः क्लब छोड्ने कुराले म निराश थिए । अहिले उनी र क्लबबीच यो कुरा चलिरहेको छ । खै थाहा छैन किन नेयमार निस्किँदैछन् ? तर, क्लब र नेयमारबीच केही त हुनुपर्छ ।’

‘म एक कोच हुँ, नेयमार मेरा खेलाडी हुन्’, उनले थपे, ‘यदि उनी बन्द कोठामा थिए भने मात्र मैले उनीसँग काम गर्नुपर्थ्यो । उनी स्वतन्त्र छन् । तर, म सबै कुराका लागि तयार छु । हामीले यस विषयलाई पूर्णता दिएरै छोड्छौं । म उनीसँग यस विषयका बारेमा कुरा गर्दिँन । यो एउटा क्लबको विषय हो । म यस विषयमा सामेल हुन्न । यो मेरो विषय नै होइन ।’

नेयमार सोमबार प्रि–सिजनको अभ्यासमा पनि सामेल भएका थिए । तर, नेयमार भने खेलमा सामेल भएनन् । डायनामोविरुद्धको सो खेल पीएसजीले ६–१ गोल अन्तरले जितेको थियो । अब शनिबार पीएसजीले नरेनबर्गसँग खेल्दैछ । यसका लागि पीएसजी चीन प्रस्थान गर्ने बताइएको छ । टुचेलले नेयमार पनि सो खेलका लागि टोलीमा पर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो विचारमा नेयमारले चीन टुर गर्नेछन् । नरेनबर्गसँगको खेलका लागि नेयमार टोलीसँग जोडिन सक्ने सम्भावना छ । उनी सोमबार फर्किनेछन् र अरु खेलाडीजस्तै दुई दिनको परीक्षणमा सहभागी जनाउनेछन् ।’

jackson ribon