fbpx

ऋचा सिंहठकुरीको फिल्म ‘सुपर गोर्खे’ साउन १० गतेबाट प्रदर्शनमा आउने

काठमाडौं,
‘नाई नभन्नु ल’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री ऋचा सिंह ठकुरीले नयाँ फिल्म ‘सुपर गोर्खे’ निर्माण गरेकी थिइन् । यसमा उनको प्रमुख भूमिका समेत रहेको छ । यो फिल्म गत वर्ष प्रदर्शनमा आउने तयारीमा रहे पनि फिल्मको पटक पटक प्रदर्शन मिती सारिदै गएको थियो । तर, अब भने यो फिल्म साउन १० गतेबाट देशैभर प्रदर्शनमा आउने पक्का भएको छ ।

फिल्मलाई ऋचाका श्रीमान् राज थापाले निर्देशन गरेका छन् । फिल्ममा ऋचाका साथ अभिनेता सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको संयुक्त लगानीमा फिल्मको निर्माण गरिएको हो । बनिष शाह र सालिक दुलालको सम्पादन रहेको यस फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

फिल्मको टिजरमा सुपरम्यान तथा ब्याटम्यानपछि सुपरहिरो सुपर गोर्खेलाई देख्न सकिन्छ । एक वर्ष अगाडी नै छायांकन सकिएको यस फिल्मलाई निर्मात्री ऋचाले साउन १० गते नै रिलिज गर्ने र यो मितीबाट फिल्म नसर्ने दाबी गरेकी छिन् । फिल्म ‘नाई नभन्नु ल’बाट सफलता हात परेपछि उनले गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिदै जादा एक दर्जन बढी फिल्ममा काम गरिसकेकी छिन् । तर, ती सबै फिल्म सफल भने हुन सकेन ।

असफलता हात परे पछि उनी बैबाहिक जीवनमा बाँधिइन् । बिवाह पछि उनी फिल्मी संसारबाट टाढा रहेकी थिइन् । उनले धेरै पछि यस फिल्मबाट निर्माण र अभिनयमा कम्ब्याक गरेकी छिन् । विवाह पछि पनि आफ्नो करियरलाई निरन्तरता दिएकी निर्माता तथा अभिनेत्री ऋचाले दर्शकहरुलाई हल सम्म गएर फिल्म हेरिदिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Loading...