fbpx

मोरङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

विराटनगर,
मोरङको सुन्दरहरैँचा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको जनता गृल उद्योगका कामदार २० वर्षीय प्रकाश कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो ।

भोजपुर देउरालीका कार्कीलाई गृल उद्योग नजिकै रहेको लक्ष्मी–सरस्वती खाजा घरमा करेन्ट लागेको थियो । खाजा घरको बिग्रिएको होडिङ बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको मंगलबार साँझ ७ बजे नै उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Loading...