fbpx

‘दबंग ३’ मा नयाँ अभिनेत्रीको इन्ट्री, को हुन् यिनी ?

विराटनगर,
बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘ दबंग ३’ का लागि नयाँ नायिका अनुबन्धित गरेका छन् । यस फिल्ममा नव अभिनेत्री साइ माञ्जरेकरलाई अनुबन्धित गरिएको हो । फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हा मुख्य भूमिकामा रहेकी छिन् ।

यस फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गर्ने भएका छन् । वयस्क सलमानको पत्नीको भूमिकालाई सोनाक्षी सिन्हा देखिने भएकी छिन् भने युवा सलमानको नायिकाको रूपमा साइको भूमिका रहने भएको छ ।

यस फिल्ममा सलमान र साइको रोमान्सका साथै संगै एउटा गीत पनि हुने पक्का भएको छ । नव अभिनेत्री साइ निर्माता तथा निर्देशक महेश माञ्जरेकारकी छोरी हुन् । केहि समय अगाडी देखि नै साइ नायिका बन्नको लागि विभिन्न तयारीहरु गर्दै आएकी छिन् ।

यस अघि यस फिल्ममा साइको बैनी अश्वामीलाई लिने हल्ला भएपनि तयारीकै क्रममा रहेकी साइलाई सलमानले फाइनल गरेको खवर सार्वजनिक भएको छ । दबंग ३’लाई फिल्मको पहिलो र दोस्रो पार्ट भन्दा अलि बढी मनोरञ्जनात्मक बनाउनका लागि निर्माण टिमले विषेश तयारी गरिरहेको छ ।

उक्त फिल्ममा सलमान, सोनाक्षी र साइका साथ माही गिल, टिनु आनन्द र अरबाज खान लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’ को सिक्वेल रहेको छ । ‘दबंग ३ ‘ यस वर्षको डिसेम्बरमा २० मा रिलिज हुने तय भएको छ ।

प्रतिक्रिया

Loading...