fbpx

प्रभासको ‘साहो’ को छायांकन सकिएको खुशीमा पार्टी

विराटनगर,
अगष्ट १५ अर्थात् साउन ३० गतेका दिनमा रिलिज हुन लागेको बाहुबली सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुरको नयाँ चलचित्र ‘साहो’लाई यस वर्षको निकै प्रतिक्षित फिल्म मानिएको छ । यो फिल्म प्रभासको बलिउडमा डेब्यु फिल्म रहेको छ । उनी यस फिल्मका लागि निकै उत्साहित रहेका छन् ।

प्रभासले आफ्नो सामाजिक संजालमा एउटा तस्विर सेयर गर्दै आफ्नो फ्यानहरुलाई फिल्मको छायांकन सकिएको भनेर जानकारी दिएका छन् । फिल्मको छायांकन सकिएको खुशीमा ’साहो’को निर्माण टिमले केक काटेर पार्टी समेत मनाएका छन् ।

हालै प्रभास र फिल्मको निर्माण टिम दुबाई को अबुधावी गएर फिल्मको शुटिंग सकाएर आएका हुन् । फिल्ममा समावेश गरिएको ८ मिनेटको एक्सन सिनको लागि केहि दिन अगाडी प्रभास अबुधावी गएका थिए ।

करिव ३०० करोड भारूको महंगो बजेटमा निर्माण गरिएको यस फिल्ममा अभिनेता प्रभाष र श्रद्धालाई केनी बेट्सको निर्देशनमा विभिन्न एक्सन गरेको देख्न सकिन्छ । फिल्ममा प्रभास र श्रद्धा संग मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् भने श्रद्धा कपुरले पुलिसको भूमिका निर्वाह गरेकी छिन् । हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको यस फिल्मलाई तेलुगू, तमिल र हिन्दी तिन वोटै भाषामा रिलिज गरिने भएको छ ।

फिल्मको पोस्टर, टिजर र ’साइको सैया’ बोलको गीतले दर्शकमा उत्साह जगाएको छ । प्रभासको ’साहो’, अक्षय कुमारको ’मिसन मंगल’ र जोन अब्राहेमको ’बाट्ला हाउस’ बक्स अफिसमा एकसाथ भिड्ने पक्का भएको छ ।

प्रतिक्रिया

Loading...