fbpx

मुख्यमन्त्री कपको उपाधि झापा सैनिकलाई

सुनसरी ।

सुनसरीको धरानमा सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि झापाको सैनिक युथ क्लबले जितेको छ।

धरान रंगशालामा भएको फाइनल खेलमा २–१ गोल अन्तरले मोरङको बेलबारी फुटबल क्लबलाई पराजित गर्दै झापा सैनिकले उपाधि जितेको हो। उपाधिसँगै झापाले नगद ५ लाख र ४ केजी चाँदीको रनिङ ट्रफि हात पार्याे ।

सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट कप खेल्नका लागी एक नम्बर प्रदेशबाट छानिएको छ । उपविजेता भएको मोरङको बेलबारी फुटबल क्लबले नगद ३ लाख पुरस्कार जितेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बेलबारी फुटबल क्लबका भूषण सुब्बा घोषित भए। उनलाई नगद १ लाख प्रदान गरिएको थियो।

फाइनल खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित हुँदै १० हजार रुपैयाँ पाएका छन् । त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर झापाका मनोज प्रधान, बेष्ट स्ट्राइकर झापाका विकेश लिम्बू, बेष्ट कोच झापाका प्रवेश कटवाल र बेष्ट डिफेन्स झापाका विमान प्रसाद राई घोषित भए ।

धरान फुटबल क्लबका उमेश राई प्रतियोगिताको बेष्ट मिडफिल्ड घोषित भए। उनीहरुलाई जनही २५ हजार नगद सहित ट्रफि प्रदान गरिएको छ ।  मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको आयोजना एन्फाले गरेको थियो भने संयोजन प्रदेश १ सरकारले गरेको थियो।

प्रतिक्रिया

Loading...